हेमजा युनाईटेडले नबबर्ष २०७२ को अबसरमा आयोजना गरेको दोस्रो शुभकामना कपको उपाधि सत्य युवा क्लब बाझापाटनले चुमेको छ । सहारा क्लब र सत्य युवा क्लबबीच सोमबार भएको फाईनल खेलमा सहारालाई २–० ले हराउँदै उपाधि चुमेको हो । उपाधिसंगै सत्य युवा क्लबले नगद एक लाख एक हजार एक सय एघार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सहाराले उपविजेता बन्दै नगद ५५ हजार पाँच सय ५५ साथमा ट्रफि, मेडल प्रमाणपत्रमा नै चित्त बुझायो । त्यसैगरि प्रतियोगितामा उत्कृष्ट कोच नयाँ गोरख गणका डम्मर तामाङ्ग, अनुशासित टिममा नयाँ गोरख गण, उत्कृष्ट गोलरक्षक सत्य युवा क्लवका सागर गुरुङ, उत्कृष्ट स्टाईकर सहारा क्लवका सिद्धार्थ रञ्जित, उत्कृष्ट खेलाडी साहाराका सुलेमान थापा, सर्वाधिक गोलकर्ता एपेक्स क्लव वीका सुनिल सुवेदी उत्कृट डिफेन्स साहारा क्लवकै मनिष श्रेष्ठ, उत्कृष्ट मिल्ड फिल्डरमा सत्य युवा क्लवका सुशिल लामा बने । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगर पालिकका कार्यकारी अधिकृत उदयबहादुर राना मगर, हेमजा युनाईटडका अध्यक्ष विजय केसी, प्रथम पुरस्कार प्रयोजक सन्तोष किराना स्टोर्सका प्रोपाईटर सन्तोष क्षेत्री, द्वितीय पुरस्कार प्रायोजन हेमजा युनाईटेड युकेका प्रतिनिधि देवेन्द्र कुँवरले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउने संघसंस्था तथा व्यक्तिलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उपमहानगर पालिका कार्यालयका कार्यकारी अधिकृत उदयबहादुर रानामगरले युवाहरुले गरेको कामप्रति प्रशंसा गर्दै नगरबाट हुने सहयोग गर्न आफू तयार रहेको बताए । प्रस्तावित हेमजा खेल मैदान गैरी बनाउने युवाहरुको उद्देश्य प्रशंसनीय छ उनले भने–यो कार्यमा नगरपालिका पनि साझेदारी वनेर काम गर्न तयार छ ।
Home
»
Flash
»
खेलकुद
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» शुभकामना कपको उपाधि सत्य क्लबलाई
Subscribe to:
Post Comments (Atom)
Post a Comment