नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले एमालेलाई मुलुकको प्रमुख शक्ति बनाउन एकताबद्ध र क्रियाशिल बनाउन पर्नेमा जोड दिएका छन् । एकताबद्ध र क्रियाशिल एमाले अहिलेको आवश्यकता हो, उनले भने–‘नीतिविहीन कांग्रेसले अब मुलुकको नेतृत्व गर्न सक्दैन ।’ नेकपा एमाले गण्डकी अञ्चल समन्वय कमिटिको दोस्रो बैठकमा पश्चिमाञ्चल क्षेत्रका इन्चार्ज समेत रहेका ज्ञवालीले पहिचान सहितको संघीयताको पक्षमा एमाले भएपनि जातीय संघियतालाई कदापि स्वीकार गर्न नसकिने बताए । उपाध्यक्ष ज्ञवालीले गण्डकी अञ्चलमा कुनैपनि कार्यकर्तालाई कामविहीन नबनाउन र सबैलाई उचित जिम्मेवारी दिन आग्रह गरे । एमाले पोलिटव्यूरोका वैकल्पिक सदस्य तथा गण्डकी इन्चार्ज जगत वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा स्थायी समिति सदस्य तथा निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले संविधान निर्माणको लागि एमालेले अगुवाई गर्ने बताए । वैठकले आगामी तीन महिनाको लागि कार्ययोजना निर्माण गर्नुका साथै सात वटा विभागको प्रमुख तोकेको छ । मोर्चा संगठन विभाग प्रमुखमा जगत वि.क, संगठन विभाग प्रमुखमा मायानाथ अधिकारी, स्कुल विभाग प्रमुखमा पदमा अर्याल, आर्थिक विभाग प्रमुखमा मान बहादुर जि.सी., प्रचार विभाग प्रमुखमा रामशरण बस्नेत, स्थानिय निकाय विभाग प्रमुखमा प्रताप लाल श्रेष्ठ र सहकारी विभाग प्रमुखमा सिता सुन्दास रहेका छन् । प्रचार विभाग प्रमुख बस्नेतका अनुसार बैठकले बैशाख मसान्त सम्ममा पार्टी सदस्यता नविकरण गर्न र जिल्ला कमिटिका वैठक बस्न निर्देशन गरेको छ । त्यस्तै जेठ मशान्त सम्ममा जिल्ला प्रतिनिधि परिषद् बैठक सम्पन्न गर्न जिल्ला कमिटीहरुलाई निर्देशन गरेको छ । बैठकले पोलिटव्यूरो सदस्य रामनाथ ढकालको निधन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । त्यस्तै वैठकले अस्वस्थ रहेका २००८ सालका महाधिवेशन प्रतिनिधि तथा तनहुँका अग्रज कम्यूनिष्ट नेता तुलसी प्रसाद श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेको प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिए ।
Home
»
Flash
»
पछील्ला समाचार
»
महत्वपूर्ण समाचार
»
राजनीति
» एमालेलाई प्रमुख शक्ति बनाउनुपर्छ–ज्ञवाली
Subscribe to:
Post Comments (Atom)
Post a Comment