0
पोखराको अमरसिङमा  संचालन भएको उद्घोषण तथा ब्यक्तित्व विकास तालिम बुधबार सम्पन्न भएको छ । महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सोमबार देखि आयोजना गरिएको त्रिदिवसीय तालिममा चाउथे, अमरसिंहचोक  र जिरो किलोमिटर का महिलाहरुको सहभागिता रहेको थियो तालिममा गण्डकी संचार गृह समचार प्रमुख  पत्रकार घनश्याम पाण्डेयले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रमका प्रमुख अतिथि अर्गानिक कृषि सहकारीका अध्यक्ष माया केसीले तालिमले महिलाहरु लाई बाहिर समाजमा घुलमिल हुन सहयोग पुग्ने बताए । कार्यक्रममा सहभागी सीता पोखरेल, साङ्ग्रिला केसी मर्सानी, गंगा शर्मा, सृजना केसी, सरस्वती गिरी लगायतले तालिममा आफूहरुले प्रभावकारी  उद्घोेषण गर्न तरिका मात्रै नसिकेर परिवार समाजमा आफ्नो भूमिकाको बारेमा ज्ञान लिइएको बताए । कार्यक्रममा निका भण्डारी, जिना मगर लगायतले पनि मन्तब्य राखेका थिए । तालिममा प्रशिक्षक घनश्याम पाण्डेयले सहभागीहरुमै रहेको प्रतिभा लाई बाहिर ल्याउन सहजीकरण गरेको भन्दै निरन्तर अभ्यास गर्नु पर्ने बताए । उनले पाण्डेयले छोटो समयमा सवै जना प्रभावकारी तरिकाले कार्यक्रम संचालन गर्न सकेको भन्दै खुश िव्यक्त गरे ।

Post a Comment

 
Top