नेपालमा पहिलोपटक आयोजना हुन लागेको ‘एएफसी यू(१४ महिला क्षेत्रीय च्याम्पियनसीप २०१५’ को सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । “हामीले प्रतियोगिता सुचारुरुपले सन्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरेका छौं”, पत्रकार सम्मेलनमा एन्फाका महासचिव धिरेन्द्र प्रधानले भने । सोमबारदेखि सुरु हुने प्रतियोगितामा दक्षिण तथा मध्य एसियाका सात राष्ट्रका टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । यसमा समूह ‘ए’मा आयोजक नेपालसहित इरान, माल्दिभ्स र श्रीलङ्का छन् भने समूह ‘बी’ मा भारत, भुटान र बङ्गलादेश रहेका छन् । राउण्ड रोविन लिगको आधारमा खेलाइने प्रतियोगितामा दुवै समूहबाट विजेता र उपविजेता भएका चार टोलीले सेमिफाइनलको स्थान सुरक्षित गर्नेछन् र सेमिफाइनलका दुई विजेताबीच बैशाख १२ गते फाइनल भिडन्त हुनेछ । रासस
Subscribe to:
Post Comments (Atom)
Post a Comment