0
संविधानसभाको आइतबारको बैठकमा शोक प्रस्ताव प्रस्तुत हुने भएको छ । पूर्व प्रधानमन्त्री एवम् संविधानसभामा ज्येष्ठ सदस्य सूर्यबहादुर थापाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत गरिने संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । थापाको उपचारका क्रममा गत बुधबार भारतमा निधन भएको थियो । आइतबार अहराह्न तीन बजे संविधानसभाको बैठक बोलाइएको छ । लगातार शोक प्रस्ताव प्रस्तुत गर्दै स्थगित हुँदै आएको संविधानसभाको बैठकमा अन्य कुनै कार्यसूची नरहेको बताइएको छ । पूर्व सभासद् रामनाथ ढकाल तथा सलिम मियाँ अन्सारीको सम्मानमा शोक प्रस्ताव पारित गर्दै यसअघिका बैठक स्थगित भएका थिए ।   संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरूलाई सहमतिका लागि भन्दै दिएको समयसीमा भने शबिारर सकिएको छ । गत चैत्र ३० गते बसेको संविधानसभाको बैठकपछि प्रमुख दलका शीर्ष नेतालाई बोलाएर छलफल गर्नुभएका नेम्वाङले संविधानका विवादित विषयमा सहमति जुटाउन आजसम्मको समयसीमा प्रदान गरेका थिए । तर सभाध्यक्ष नेम्वाङले दिएको समयसीमाभित्र दलहरूबीच कुनै पनि औपचारिक बैठकसमेत हुन सकेन । द्विपक्षीय तथा बहुपक्षीय बैठकसमेत बस्न नसकेको अवस्थामा कुनै पनि सहमति हुन सकेन ।

Post a Comment

 
Top