नारी उत्थान दिदीवहीनी समूह पोखरा १७ छोरेपाटन वेलघारीको आयोजनामा आइतवारदेखि सुरु भएको पाँच दिने व्यक्तित्व विकास तथा वोल्ने कला सम्वन्धी तालिम बिहीबार सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेललाई दुवोको माला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि दुर्गादेवी वाँस्तोलाले महिला दिदीवहीनीहरुले समाज विकासमा अतुलनीय भूमिका खेलेको दावी गर्दै वोल्ने कला विना व्यक्तित्व विकास हुन नसक्ने दावी गरिन् । उनले नारीहरु आफ्नो शक्तिलाई चिन्न नसकेर पछाडि परेको भन्दै शक्तिलाई चिनेर आत्मविश्वासका साथ जस्तो सुकै कार्य गरेपनि सफल भइने विश्वास व्यक्त गरिन् । प्रशिक्षक पौडेलले शिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गर्दै सक्रिय सहभागिता र दिदीवहिनीहरुको उत्साहले आफुमा उर्जा थपिएको बताइन् । संस्थाका सल्लाहकार साहित्यकार माधव विगोगिले पाँच दिनको समयमा पनि दिदीवहिनीहरुले आफूमा निखार ल्याएको बताउँदै आफूले सिकेका कुरा आफूभित्र मात्र सीमित नराखी अरुलाई समेत बढ्न अनुरोध गरे । अध्यक्ष सरिता घिमीरेको अध्यक्षतामा भएको कार्यक्रममा देवीबहादुर थापा, छोरेपाटन टोल सुधार समितिका अध्यक्ष समाजसेवी सुनकुमारी गुरुङ, आदर्श नारी समूहका अध्यक्ष सरस्वती अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा सहभागी सवैले आफ्नो अनुभव मन्तव्य व्यक्त गर्दै तालिम उपलव्धिपूर्ण रहेको र तालिमवाट धेरै कुरा सिकेको अनुभव व्यक्त गरेका थिए । तालिममा व्यक्तित्व विकास तथा वोल्ने कला सम्वन्धी प्रशिक्षक सुष्मा पौडेलले सहजिकरण गरेकी थिइन् भने निर्धारित समय थप गरि स्वास्थ सम्वन्धि सचेतना सरस्वती अधिकारीले र योग सम्वन्धी दीपक सिग्देल र योगी कोमलानन्दले सहजीकरण गरेका थिए । उक्त तालिममा ४० जनाको सहभागिता रहेको तालिमको संचालन सचिव रीता सुवेदीले गरेकि थिइन् ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» व्यक्तित्व विकास तथा बोल्नेकला तालिम सम्पन्न
Subscribe to:
Post Comments (Atom)
Post a Comment