0
पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको ओम फाईनान्स लिमिटेडले चालु आ.ब.को चैत्र मसान्तसम्म १२ करोड ५९ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । फाईनान्सका प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लका अनुसार चैत्र मसान्तसम्म फाईनान्सले ४ अर्ब ३७ करोड निक्षेप संकलन गरि ३ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ । कम्पनीको कर्जा निक्षेप अनुपात ७६ प्रतिशत, पुंजी पर्याप्तता १३.५ प्रतिशत  र निष्क्रिय कर्जा ०.८ प्रतिशत रहेको छ । फाईनान्सको पोखराको भैरवटोल र रामबजार, तनहुंको दमौली, लमजुङ्गको बेशिशहर, काठमाडौंको बागदरबार, महाराजगञ्ज, ललितपुरको कुमारीपाटी र भक्तपुरको गोलमढीमा शाखाहरु संचालनमा छन् । कम्पनीले ग्राहकहरुलाई निःशुल्क एबिबिस, एसएमएस बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

Post a Comment

 
Top