मानिस जन्मिन्छ, हुर्कन्छ, बालक, किशोर, युवा, प्रौढ र वृद्ध भएर मर्दछ । उसको जीवन बित्दछ, अनेक दुःख र सुखका साथ । संसारमा करोडौं अरवौं मानिसहरु जन्मेर जिएका छन् अनि मरेर गएका छन् । यो जन्मने, बाँच्ने र मर्नेको चक्रमा हामी यो जुनीमा जिएका छौं । यो संसारमा जन्मने र जिउने क्रममा कयौं मानिसहरु चर्चामा आउने, लोकप्रियता हासिल गर्ने हुन्छन् भने केही मानिसहरु आफ्नो कुकर्मबाट लोकनिन्दाका पात्र बन्ने गर्छन् संसारमा हजारौं चर्चित व्यक्तित्वहरु जुन शिक्षा, कला, साहित्य, संस्कृति, राजनीति, शान्ति, प्रजातन्त्र, स्वतन्त्रता, मानवता र अहिंसाका क्षेत्रमा महत्वपूर्ण योगदान दिएर चर्चित बनेका छन् र आफनो नााम र कर्मलाई अमर बनाएका छन् ।
नेपाली भाषा प्राचिनकालदेखि बोलिदै आएपनि नेपाली साहित्यको विकास भएको धेरै भएको छैन । नेपालको एकीकरणसंगै प्रारम्भ भएको कविता लेखन परम्परा भानुभक्त आचार्य, मोतीराम भट्ट लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटासम्म आइपुग्दा आधुनिककालमा प्रवेश गर्ने आइपुगेको हो । कविता लेखनमा आधुनिकताको प्रवेशसूगै साहित्यका अन्य विद्याहरु कथा, निबन्ध, उपन्यास, नाटक, लेखनको समेत विकास हुँदै गएको देखिन्छ । कथा, उपन्यास र नाटक लेखनमा आधुनिकतासँगै नेपाली निवन्ध क्षेत्रमा लक्ष्मीप्रसाद देवकोटाको आषाढको पन्ध्र, र ‘पहाडी जीवनु निबन्ध र बालकृष्ण समको’ बर्दहामा सिकार’ निबन्धबाट आधुनिककाल प्रारम्भ भएको मानिन्छ । त्यसपश्चात शंकर लामिछाने, ह्दयचन्द्रसिंह प्रधान, भैरव अर्याल, रामकृष्ण शर्मा, ताना शर्मा, प्रभृतिका निबन्धहरुले विविध धारा, उपधारा मोड र चरणमा फैलिदै र झ्याङ्गिदै निबन्ध विद्याको विकास हुन पुगको छ र समृद्ध विद्याको रुपमा निबन्ध देखिएको छ । यसै निबन्धकारहरु मध्ये एक सशक्त निबन्धकार हुन् शेषराज भट्टराई ।
पोखरा कविता क्षेत्रमा उर्वर भूमि हो । यहाँ मुक्तक, गजल, गीत, कविता, खण्डकाव्य र महाकाव्य लेखनमा प्रशस्त सर्जकहरु रहेका छन् । कविता क्षेत्र बाहेक निबन्ध र आख्यानका क्षेत्रमा भने त्यति धेरै सर्जकहरु छैनन् भन्नुमा अत्युक्ति नहोला । निबन्ध क्षेत्रमा कुलप्रसाद खनाल, चुडामणि खनाल, रविलाल अधिकारी, घनश्याम ढकाल शेषराज भट्टराई आदिले संग्रह प्रकाशित गरेर निबन्ध विद्याको विकासमा योगदान पु¥याउने सर्जकहरु रहेको प्रमाणित गरिसक्नु भएको छ । तिनै निबन्धकारहरु मध्ये एक सशक्त हास्य व्यङ्ग्यात्मक सफल निबन्धकार हुन् शेषराज भट्टराई ।
नेपाली साहित्यमा कथा र उपन्यास विद्यासूगै निबन्ध विद्यँले पनि स्वच्छन्दता, तार्किकता, काल्पनिकता, प्रकृति सौन्दर्य वर्णनको साथै हास्यव्यङ्ग्यतालाई विस्तार गर्दै संस्मरणात्मकतला लाई छिचोल्दै वास्तविक यथार्थता र आलोचनामा रमाउदै विद्यमान विकृति विसङ्गतिलाई प्रस्तुत गर्दै दमन, अत्याचार, भ्रष्टाचारबाट मुक्ति खोज्ने जागरणको स्वर अंगाल्न थालेको छ । ज्ञान, विज्ञान, कला, संस्कृति र सञ्चारका साधन आदिको विकास हुँदै गएको वर्तमान परिवेशमा युगको माग अनुरुप विविध विषयमा निबन्ध लेखिदैछन् । यसै वृहत्तर विषयमा आधारित भएर निबन्धकार शेषराज जी निबन्ध साधनमा सक्रिय हुनुहुन्छ । हास्य र व्यङ्ग्यमा केन्द्रित भएर सामाजिक शोषण, दमन अत्याचार तथा विकृति विसंङ्गतिलाई आधार बनाएर निबन्धकार शेषराज जीले कलात्मक रुपमा समाजको यथार्थ चित्रण प्रस्तु गरेका छन् । कला र साहित्यले समाजलाई उदाङ्गो पार्न खोजेको हुन्छ । सामाजिक जनजीवनको यथार्थ चित्र सजीव रुपमा चित्रण हुन सके मात्र त्यो सिर्जना रुचिपूर्ण बन्न जान्छ । पाठकले त्यो यथार्थतालाई ग्रहण र मनन गर्न पुग्छ मन पराउँछ । साहित्यमा अभिधात्मक भन्दा लक्षणा र व्यञ्जनात्म्क अभिव्यक्ति भए मात्र त्यो कलात्मक सौन्दर्यले भरिपूर्ण छ । यहाँ निबन्धकार भट्टराईका रचनाहरुमा पनि समाजको यथार्थ चित्रण, सुधारको चेतना व्यक्त भएको छ ।
पूर्वाञ्चल खोटाङ जिल्लामा जन्मी हुर्केर विराटनगरमा मावली कहाँ बसी पढेर पोखरा हानिएका शेषराज अहिले पाखरेली स्थायी वासिन्दा पेशाले व्यापारी हुनुहुन्छ । आफ्नो धेरै समय व्यापारमा लागेर बचेको समय साहित्य सिर्जनामा लगाउने भट्टराई जी कविता, गजल विद्यामा रुचि राख्ने र कलम चलाउने गरे पनि उनको सिद्धिप्राप्ति भने निबन्ध विद्यामै देखिन्छ । थोरै कविता, गीत, गजल लेखेर चर्चामा आउन मन पराउने पोखरेली साहित्यकार माझ उहाँ सभा गोष्ठीमा उपस्थित नभएर पनि निरन्तर साधनामा लागेरस हास्य व्यङ्ग्य निबन्ध लेखनमा स्थापित र चर्चित बन्न पुगेका छन् । वि.सं. २०५९ सालमा २१ वटा निबन्धको सङ्ग्रह ‘ऋषि मुनिका सन्तान सिसीमुनि’ र २२ वटा निबन्धहरुको सङ्ग्रह’ जातले पकाएको भातु (वि.संं २०६७ सालमा प्रकाशित गरी उनले नेपाली निबन्धका पाठकलाई निबन्धको स्वाद चखाउँदै आफ्नो निबन्ध लेखन क्षमता र कलात्मकतालाई परिचय दिनु भएको छ । उनको तेस्रो निबन्ध संङ्ग्रह ‘कहिले सासूको पालो कहिले बुहारीको पालो’ (वि.सं. २०६९) माघमा प्रकाशन गरी निबन्ध लेखनमा सक्रिय रहेको पुष्टि गर्नुभएको छ ।
देशमा प्रजातन्त्र स्थापना पछि मुलुकमा जुन किसिमको जुन आकाङ्क्षा थियो, राजनैतिक नेतृत्वको अकर्मण्यता र फैलिदै गएको भ्रष्टाचार, दुराचार, विकृति र विसंगतिले जनचाहनामा तुषारापात गरिदिएपछि धेरै व्यङ्ग्य निबन्धहरु सिर्जित हुन पुगेका छन् । तिनै हास्य निबन्धहरुमा शेषराज जीका निबन्धहरुमा पनि गम्भीर विषयवस्तुलाई सहज र सरल भाषा शैलीमा हास्यमा रङ्ग्याउदै व्यङ्ग्यवाण प्रहार गर्न निबन्ध सफल बनेका छन् । उनका निबन्धमा सामाजिक, राजनैतिक, सांस्कृतिक, आर्थिक, शैक्षिक क्षेत्रका विविध विषयवस्तु समेटिएका छन् । समाजमा हुने अन्याय अत्याचार र उत्पीडितदेखि कुरीति कुसंस्कार, मानवीय स्वभाव र व्यवहारको यथार्थपरक चित्रण गरी समाजसम्म उदाङ्गो पार्नु र हँसाइ–हँसाइ व्यङ्ग्य प्रहार गरी सुधारको चेतना फौलाउनु उनको निबन्धहरुका वैशिष्ठ्य हुन् । विकृत र विसंगत बन्दै गएको वर्तमान नेपाली समाज, युवा–युवतीमा बढ्दै गएको पाश्चात्य शैलीको प्रभाव र उत्पन्न परिणाम परम्परागत रुपमा चलिआएको सहिष्णुता र सद्भावमा आएको ह्रास र विदेशिने दाज्यूभाइहरुको स्वदेशप्रतिको प्रेम उपहास, बढ्दै गएको जातियता, साम्प्रदायिकता को प्रभाव र मुलुकबासीहरुमा आएको निरासाको भावलाई पनि उनका निबन्धमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
नेपाली जनजिव्रोमा प्रचलित उखान टुक्काको स्वभाविक प्रयोग गरी पद पदावलीलाई अनुप्रासयुक्त काव्यात्मक रुपमा प्रस्तुत गरेर चिमोटी–चिमोटी कोट्याउन विविध रुपमा दृष्टान्त दिदै प्रष्ट गर्नु सुधारको सन्देश फिजाउन उनका निबन्धका मूलभूत वैशिष्ठ्य हुन् । यहाँ उनको निबन्धको विविध आयामको वृहत्त विश्लेषण असम्भव प्रायः देखिएको हुँदा निबन्धात्मक विचार पक्षलाई साङ्गो पाङ्गो रुपमा सारभूत रुपमा प्रवृतिहरु खोतल्ने जमर्को मात्र गरिएको हो ।
अन्त्यमा निबन्धकार शेषराज भट्टराईजीको निबन्धकारिता अझै परिष्कृत हुूदै दु्रत गतिमा अघि लम्कदै र जनमानसमा चम्किदै अनि सुवास छर्दै झ्याङ्गिदै जाओस् र थप रचनाहरु पनि प्रकाशित हुूदै जाउन् भन्ने शुभेच्छा व्यक्त गर्दै आफ्नो भनाइ यही विसर्जन गर्दछु ।

Post a Comment