0
पोखरा ४ बैशाख ।
नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले एकिकृत नेकपा माओवादीसहितका ३० दलीय मोर्चाले संघीयताको गलत व्याख्या गरेकोले संविधान निर्माणमा सहमति जुट्न नसकेको बताउनुभएको छ । अखिल नेपाल महिला संघ कास्कीको सातौं जिल्ला सम्मेलनको शुक्रबार पोखरामा उद्घाटन गर्दै भण्डारीले संघीयताको नाममा सामाजिक सद्भाव र राष्ट्रिय एकता खलबल्याउने खोजिएको बताउनुभयो ।

शक्तिको विकेन्द्रीकरण र शुशासनको लागि एमालेले संघीयतालाई स्वीरकार गरेको बताउँदै उहाँले सामाजिक सद्भाव खलबलिने जातीय संघीयता स्वीकार गर्न नसकिने बताउनुभयो । अखिल नेपाल महिला संघका अध्यक्ष समेत रहनुभएका भण्डारीले संहमतिमा संविधान निर्माणको लागि एमालेले प्रयास गरिरहेको बताउनुभयो ।उहाँले भन्नुभयो, संविधान निर्माणको तालीका निर्माण गरेर सकेसम्म सहमतिमै संविधान बनाउनु पर्दछ । ’संक्रमणकाल लम्बिदा उपलब्धिलाई बैधानिक ढङ्गले संस्थागत गर्न नसकेको बताउँदै त्यसतर्फ सबै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताउनुभयो .
ेकपा एमाले पोलिटव्यूरोका बैकल्पिक सदस्य जगत विश्वकर्माले अहिलको प्राथमिकता नै नेपाली जनताको भावना समेटिएको संविधान निर्माण भएको बताउँदै त्यसमा एमाले गम्भीर रहेको बताउनुभयो ।कार्यक्रममा नेकप एमालेका सभासद तथा केन्द्रीय सदस्य रविन्द्र अधिकारीले संविधान नेपालको दिर्घकालिन भविश्यसँग जोडिएको दस्तावेज भएकोले गलत एजेण्डाको छाया पनि पर्न नदिन आफुहरु सचेत रहेको बताउँदै दोस्रो संविधान सभाबाट संविधान निर्माण हुने ठोकुवा गर्नुभयो ।
सभास्द एवम नेकपा एमालेका केन्द्रीय सदस्य सिता गिरीले अवको संविधानमा महिलाका अधिकारलाई सुनिश्चित गरिने बताउयनुभयो ।सभासद् एवम अखिल नेपाल महिला संघका उपाध्यक्ष टुका हमालले देशमा संक्रमणकाल लम्बिदा उपलब्धिहरु संकटमा परेको बताउनुभयो ।अखिल नेपाल महिला संघका केन्द्रीय सचिव सृजना शर्माले राज्यको हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताउनुभयो ।
एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीको आन्तरीक एकतालाइ बलियो बनाउँदै कास्कीलाई एमालेको किल्ला बनाउने योजनासहित काम गरिरहेको बताउनुभयो ।विगतमा पार्टी भित्र नै भएको घातप्रतिघातले कास्की एमालेको किल्ला बन्न नसकेकोले पार्टीको आन्तरीक एकता बलियो बनाउन गुटलाई अन्त्य गर्नुपर्ने भनाई उहाँको छ ।
अखिल नेपाल महिला संघ कास्कीका अध्यक्ष मित्रकुमारी गुरुङ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष मञ्जु गुरुङ र संचालन सचिव शुशीला पराजुलीले गर्नुभएको थियो । भोली सम्म चल्ने सम्मेलनमा चार सय ७५ प्रतिनिधि सहभागि छन् भने सम्मेलनले आगामि दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

Post a Comment

 
Top