0
पोखराको ट्राफिक व्यवस्थापन मा सहयोग पु¥याउन पोखरा बस व्यवसायी समितिले ६० हजार मूल्य बराबरको ५ वटा सडक डिभाइडर सहयोग गरेको छ । समितिले बिहीबार एक कार्यक्रम आयोजना गरि जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक श्यामु अर्याललाई बस व्यवसायी समितिका अध्यक्ष रमेश गिरीले उक्त डिभाइडरहरु हस्तान्तरण गरेका थिए । प्लाष्टिकबाट निर्मित, ठूलो आकारको र टाढाबाट पनि स्पष्ट देख्न सकिने त्यस किसिमका सडक डिभाइडर पोखरामा पहिलोपटक भित्रिएको हो । डिभाइरहरु बिहीबार नै पृथ्वीचोकको सडकमा राखिएको छ । यसअघि कंक्रिटको डिभाइडर प्रयोग हुँदै आएको सो ठाउँमा प्लाष्टिकबाट निर्मित डिभाइडर प्रयोगले दुर्घटना कमि हुुने तथा दुर्घटना भइहालेमा क्षति कम हुने विश्वास लिइएको छ । डिभाइडर हस्तान्तरण कार्यक्रममा बोल्दै बस व्यवसायी समितिका अध्यक्ष गिरीले विगतका दिनमा पनि सहयोग गरेको र यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिवद्धता जनाए ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख तथा प्रहरी निरीक्षक श्यामु अर्यालले सडक डिभाइडर सहयोग गरेर ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याएकोमा बस व्यवसायी समितिलाई धन्यवाद ज्ञापन गरे ।  यसैगरी लामो दूरीमा चल्ने माइक्रोबसले पृथ्वीचोकमा जथाभावी बस रोकेर यात्रु आरोल्ने गर्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै सो कार्यमा रोक लगाउँदै माइक्रोबस रोक्ने स्थान निर्धारण गरेको छ । यात्रु ओराल्नका लागि लामोदूरीका माइक्रोबसल ट्राफिक कार्यालयको दाहिनेतर्फ केही तल रोक्नुपर्ने, त्यसो नगरे सिधै बसपार्क जानुपर्ने व्यवस्था गरिएको र नियम उल्लंघन गरेमा कार्वाही गरिने ट्राफिक प्रहरी नायव निरीक्षक शिव थापाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । ट्राफिक कार्यालयले लागू गरेको यस किसिमको नियम कार्यान्वयनका लागि सम्बन्धित बस समितिमार्फत संचालकलाई पत्राचार समेत गरिएको थापाले बताए ।

Post a Comment

 
Top