भारतको नयाँ दिल्लीमा बुधबार राति उपचारको क्रममा निधन भएका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको पाथिर्थ शरीर बिहीबार साँझ काठमाडौं ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई श्रद्धाञ्जली दिन राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य राजनीतिक दलका नेता, उनका आफन्तजनको भीड लागेको थियो । विमानस्थल बाट उनको शवलाई मालीगाउँ स्थित निवास पु¥याइएको छ । मालिगाउँमा पनि थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्न राजनीतिज्ञ, सरकारी अधिकारी र आफन्त जनहरुको भीड लागेको थियो । शुक्रबार अन्तिम श्रद्धाञ्जलीका लागि उनको शवलाई दशरथ रंगशाला र पार्टी कार्यालय चावहिलमा राखिने छ । यसैबीच सरकारले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । प्रधानमन्त्री निवासमा बिहीबार अपराह्न भएको मन्त्रिपरिषद्को बैठकले नेता थापाको निधनको शोकमा शुक्रबार सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । विदेशस्थित नेपाली नियोगमा पनि राष्ट्रिय झण्डा आधा झुकाइने छ । पूर्व प्रधानमन्त्री एवम् संविधान सभाका ज्येष्ठ सदस्य थापाको असामयिक निधनप्रति शोक प्रकट गर्दै सरकारले त्यस्तो निर्णय गरेको हो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधनप्रति शोक मनाउन १३ दिनसम्म पार्टीको कुनै पनि औपचारिक गतिविधि सञ्चालन नगर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा बिहीबार बसेको बैठकले सात दिनसम्म पार्टीको झन्डा झुकाउने, ७५ जिल्लामा शोकपुस्तिका राख्ने र १३औँ पुण्यतिथिका दिन सबै जिल्ला पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
नेपाली राजनीतिक इतिहासका विभिन्न आरोह अवरोहका साक्षी सूर्यबहादुर थापाको अवसानले राजनीतिक रिक्तता छाएको अनुभव भएको छ । मुलुकको कार्यकारी प्रमुखमा पाँच पटकसम्म जिम्मेवारी सम्हालिसकेका थापा पञ्चायतदेखि गणतन्त्रकालसम्म सक्रिय भए । होचो कद, गोरो अनुहार र कडा आवाजका थापा राजनीतिमा कहिल्यै पन्छाउन नमिल्ने पात्र थिए । थापा पञ्चायतकालदेखि बहुदल र लोकतान्त्रिक गणतन्त्रको कालमा पनि राजनीतिमा उत्तिकै सक्रिय रही महत्वपूर्ण भूमिकामा रहेका थिए । वर्तमान व्यवस्थापिका–संसद्÷संविधानसभाका ज्येष्ठ सदस्य थापाले सभामुख÷सभाध्यक्षको निर्वाचन भई सुवास नेम्वाङले कार्यभार नसम्हाल्दासम्म ज्येष्ठ सदस्यका हैसियत ‘सभाध्यक्ष तथा सभामुख’को भूमिका पनि निर्वाह गरेका थिए । ६ दशकभन्दा बढी समय राजनीतिक जीवनमा सक्रिय थापा धनकुटाको मुगा गाविसमा विसं १९८४ चैत ५ मा बुबा टेकबहादुर र आमा मनकुमारीको कोखबाट जन्मिएका थिए । लामो समय पञ्चायती राजनीतिमा सत्तासीन भएर पनि उनले सुधारिएको पञ्चायतको वकालत गरे । २०४६ को बहुदलीय प्रजातन्त्रलाई आत्मसात् गरेको तथा लोकतान्त्रिक आन्दोलनपछि गणतन्त्र स्थापनालाई स्विकारेका कारण उनलाई सदैव दरबारको पक्षपाती मात्र मान्न सकिँदैन । दरबारभित्र ‘भूमिगत गिरोह’ रहेको भन्ने ‘उदारवादी समूह’का थापा त्यसलाई बहुदलकालमा प्रधानमन्त्री हुँदा पनि गौँडा–गल्छामा भेटिने अभिव्यक्ति दिन्थे । भारतको अल्लाहबाद विश्वविद्यालयबाट स्नातक गरेका उनी राप्रपा (थापा)का संस्थापक र राप्रपाका पूर्वअध्यक्ष रभएका थिए । विसं २००७ मा विद्यार्थी छँदै राणा शासनको विरोध र प्रजातन्त्रका पक्षमा भूमिगत भई राजनीतिक जीवन प्रारम्भ गरेका थापा त्यसबेला नेपाली काँग्रेसमा आबद्ध भए । तत्कालीन समयमा चर्चित राजनीतिक व्यक्तित्व बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, टङ्कप्रसाद आचार्य, कृष्णप्रसाद भट्टराई, तुलसीलाल अमात्य, मनमोहन अधिकारी र डिल्लीरमण रेग्मीहरूका सहयात्री थापाको निधनसँगै मुलुकले अर्का पुराना र पाका राजनीतिक व्यक्ति गुमाएको छ । लोकतान्त्रिक शक्तिबीच बृहत् एकता, सहकार्य गरी मुलुकलाई शान्ति र संविधान दिनुपर्नेमा एक महिनाअघिसम्म सार्वजनिक आह्वान गर्ने नेता थापा विसं २०११ मा सल्लाहकार सभाको सदस्यमा निर्वाचित भई त्यसकोे अध्यक्ष (सभामुख) पनि भएका थिए । गत चैत ५ गते आफ्नो ८८औँ जन्मदिनका अवसरमा निवास मालीगाउँमा कार्यक्रम गरी सहमति र सहकार्यबाट नयाँ संविधान ल्याउन प्रमुख दललाई आह्वान गरेका थापा पछिल्लो समय राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एकता प्रक्रियामा पनि उत्सुक थिए । विसं २०१५ मा भएको संसदीय निर्वाचनमा काँग्रेस छाडेर धनकुटामा स्वतन्त्र हैसियतमा प्रत्याशी भई पराजित भए पनि राष्ट्रिय सभा (माथिल्लो सभा) मनोनीत भए । त्यसपछि पञ्चायतका पक्षमा खुलेका उनी दरबारबाट कृषि, वन र उद्योग मन्त्रीमा नियुक्त हुनुका साथै राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत भए । त्यसपछिका निर्वाचनमा लगातार धनकुटाबाट विजयी उनी ३८ वर्षको उमेरमा विसं २०२२ मा पहिलो पटक प्रधानमन्त्री भए । यस्तै २०३५, ०३८, ०५४ र ०६१ मा पछि विभिन्न पटक प्रधानमन्त्री भए । तत्कालीन राजा महेन्द्रसँग अत्यन्त निकट मानिने ‘सङ्कटका प्रधानमन्त्री’ थापा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना हुनुपूर्वको समयमा भने राजा वीरेन्द्रसँग सम्बन्ध बिग्रिएका कारण प्रधानमन्त्रीबाट अपदस्तसमेत भए । यसबीचमा उनलाई विसं २०२६ मा नख्खु कारागारमा पनि राखिएको थियो भने २०२९ सालमा नजरबन्दमा राखिएको थियो । उनले राजनीतिक सुधारको माग गर्दै २१ दिने भोक हडताल पनि गरेका थिए । विसं २०३७ को जनमतसङ्ग्रहमा निर्दलीय व्यवस्थाले जितेपछि उनी पुनः प्रधानमन्त्री भएका थिए । विसं २०४७ मा राप्रपा (थापा)खोली त्यसको संस्थापक अध्यक्ष भएका थापा पार्टीको विवादका कारण विसं २०६१ मा सो पार्टीबाट अलग भई राष्ट्रिय जनशक्ति पार्टीको संस्थापक अध्यक्ष बन्न पुगे, पछि पशुपतिशमशेर राणा अध्यक्ष रहेका बेला पुनः राप्रपामा एकता गरी पुनः अध्यक्ष बने । थापाका छोरा सुनिलबहादुर हाल वाणिज्य तथा आपूर्तिमन्त्री हुन् ।

Post a Comment