हेमजा युनाईटेडले नबबर्ष २०७२ को अवसरमा आयोजना गरेको दोस्रो शुभकामना कपमा सोमबार सहारा क्लब र सत्य युवा क्लब बीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । आईतबार नयाँ गोरख गण र सहारा क्लब बीच भएको पहिलो समिफाईनल खेलमा नयाँ गोरख गण पराजित भएको छ । सहाराले नयाँ गोरखलाई ट्राईब्रेरमा ४–३ ले हराउँदै उपाधिका लागि भिड्ने पक्का गरेको हो । निर्धारित समयमा दुबै टिमतर्फबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । उक्त खेलमा म्यान अफ द म्याच सहाराका जर्सी न.ं ४ का खेलाडी सेल्भिन थापा भए । यस्तै आईतबार दिउसो भएको दोश्रो सेमिफाईनल खेलमा सत्य युवा क्लबले अन्तिम भिडन्तका लागि सहारासंगको भेट पक्का गरेको छ । सत्यले बिष्णुपादुका क्लब बीलाई २–१ ले पराजित गरेको छ । सत्यको तर्फबाट अरुण के.सी. र प्रज्वल गुरुङले गोल गर्दै टिमलाई फाईनलको यात्रा पक्का बनाएका हुन । यस्तै बिष्णुपादुकाको तर्फबाट सुबिन श्रेष्ठले सान्त्वना गोल गरेका थिए । उक्त खेलमा सत्यका जर्सी नं. ६ का खेलाडी अरुण के.सी. म्यान अफ द म्याच हुन सफल भए । प्रतियोगितामा सोमबार बिहान ११ः३० बजेबाट उपाधिका लागि अन्तिम भिडन्त हुने हेमजा युनाईटेडका अध्यक्ष बिजय के.सी. ले जानकारी दिए । उनले सोमबार प्रतियोगिताको समापन हुने बताएका छन । पोखरा उपमहानगरपालिकाका कार्यालयका कार्यकारी अधिकृत उदयबहादुर रानामगरको प्रमुख आतित्थ्यतामा कार्यक्रम हुने के.सी.को भनाई छ । समापन कार्यक्रममा प्रतियोगिता लाई सफल रुपमा सम्पनन गर्न सहयोग पुर्याउनेलाई मायाको चिनो प्रदान गरीने हेमजा युनाईटेडका सचिब सरोज सापकोटाले बताए । युवा एकता र विकासका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजित नकआउट फुटबल प्रतियोगिता सोमबार सकिंदैछ । फुटबल प्रति हेम्जालीको मोह अत्यधिक बढ्दै गएको छ । खेल हेर्न दर्शकको निकै भिड नै लाग्ने गरेको आयोजकले बताएका छन । प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन । प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख एक हजार एक सय ११ ट्रफी, मेडल, प्रमाण पत्र र दोस्रो हुनेले नगद ५५ हजार पाँच सय ५५ ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन । प्रतियोगितामा प्रत्येक खेलमा म्यान अफ दि म्याचको पुरस्कार व्यवस्था समेत गरिएको छ । प्रतियोगितामा प्रत्येक विधाको पुरस्कार व्यवस्था गरिएको छ ।प्रतियोगिता सम्पन्न गर्नका लागि ११ लाख ९२ हजार छ सय ६६ आम्दानी र १० लाख २१ हजार छ सय ६६ खर्च हुने अनुमान गरिएको हेमजा युनाईटेडका कोषाध्यक्ष इन्द्रबहादुर कँुवरले जानकारी दिए ।
Home
»
Flash
»
खेलकुद
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
संघ संस्था गतिबिधी
» सहारा क्लब र सत्य युवा क्लब फाइनलमा
Subscribe to:
Post Comments (Atom)
Post a Comment