0
विद्युतीय चुहावट कम गरेर विद्युत र खर्च बचत गराउने उद्देश्यले पोखरामा विद्युतको इन्जिनियरिङ अडिट हुने भएको छ । पोखराको महेन्द्रपुल सीता भवनमा रहेको मुक्ती इनर्जीले होटल तथा विद्यालयलाई लक्ष्त गरेर २ महिने निःशुल्क विद्युतीय इन्जिनियरिङ अडिट गर्ने भएको छ । बैशाख अन्तिम सातादेखि शुरु हुने अडिटमा करिब २ दर्जन होटल तथा विद्यालयको विद्युतीय इन्जिनियरिङ अडिट गरिने मुक्ति इनर्जीका संचालक नवराज आचार्यले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
विद्युतीय इन्जिनियरिङ अडिटबाट विना काममा उपयोग नभएको विद्युतलाई कसरी बचत गर्न सकिन्छ भन्ने बारेमा अध्ययन गरेर सम्बन्धी धनीलाई जानकारी दिइने आर्चायले बताए । उनले एउटा होटल वा विद्यालयका विद्युतीय इन्जिनियरिङ अडिट गर्न कम्तीमा तिन दिन लाग्ने बताए । अडिटका लागि दुई महिनासम्म ४ जना इन्जिनियरिङ अडिट पढेका इन्जिनियरहरुले काम गर्ने मुक्ति इनर्जीका सन्चालक तथा इन्जिनियर प्रकास आचार्यले बताए । अडिट गर्दा सम्बन्धी संस्थाको विद्युत प्रवाह गरेका सबै ठाउँको अध्ययन गरि प्रतिवेदन तयार गरेर सोही संस्थालाई नै जानकारी दिने आर्चायले बताए । त्यसैका लागी सम्बन्धित संस्थाले कुनै शुल्क तिर्नु पर्दैन आचार्यले भने–‘पोखरामा विद्युतीय इन्जिनियरिङ अडिट गर्ने चलन छैन पहिलो पटक भएका कारण निःशुल्क शिविर चलाउन लागेको बताए ।’ उनले काठमाडांैका ठूला उद्योग, होटल, विद्यालय सस्थानहरुले विद्युतीय अडिट गर्ने गरेको बताए ।
विद्युतीय इन्जिनियरिङ अडिट गरे पछि १० देखि ५० प्रतिशत सम्म विद्युत खपत कम गर्न सकिने आर्चायले बताए । ‘विद्युत खपत कम हुदा विद्युत र पैसा दुबै बचत हुने बताए ।’ उनले भने ‘मासिक रुपमा एउटा संस्थाको १ लाख रुपैया विद्युतमा खर्च आउछ भने अडिट पछि ९० हजार मात्र आउने बताए ।’ उनले अडिट गर्दा तिन तहमा गरिने बताए । नो बजेट, लो बजेट र हाइ बजेट गरि तिन तहबाट विद्युत खपत कम गर्न सकिने बताए । विद्युतीय अडिट गर्दा देश र व्यक्ति दुबैलाई फाइदा हुने आर्चायको भनाई छ । पहिलो चरणमा होटल र विद्यालयको अडिट गर्ने अर्को चरणमा उद्योग र अन्य संस्थाको अडिट गर्ने लक्ष्य राखेको आचार्यले बताए ।

Post a Comment

 
Top