0
नवबर्ष २०७२ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा विद्यालय क्षेत्रको १ सय मिटर वरपर मादकपदार्थ तथा सूर्तिजन्य पद्धार्थहरुको सेवन तथा बेचबिखन निषेध विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की तथा कास्की जिल्लामा, क्रियाशिल सामुदायिक प्रहरी सेवा केन्द्रहरु  पृथ्वीचोक, बैदाम, बगर, माटेपानी, लेखनाथ र कालिकाद्वारा संयुक्त रुपमा आयोििजत कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत रहेका थिए । त्यस अवसरमा बोल्दै उनले सार्वजनिक स्थानहरुमा मादक पद्धार्थ एवं सूर्र्तिजन्य पद्धार्थ तथा धुम्रपान कानुनतः निषेध गर्न विभिन्न ऐन नियमहरु जारी भईसकेको जानकारी दिए । सूर्तिजन्य पद्धार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले विभिन्न सार्वजनिक स्थानहरुको किटानी समेत गरी धुम्रपानलाई निषेध गरिएको सो को कार्यान्वयन गर्न सरकारी तवरबाटमात्र सम्भव नभएकोले समाजका विभिन्न सरोकारवालाको सहयोग आवश्यक रहेको उनले बताए । राउतले सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिले उठान गरेको यो बिषय अति नै समय सान्दार्भिक रहेको हुंँदा सबैपक्ष एकजुट भई यसलाई अभियानकै रुपमा अगाडि बढाउन आग्रह गर्दै सरकारी तवरबाट आवश्यक सबै खालको सहयोग हुने प्रतिबद्धता जनाए ।   अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बलराम शर्मा पौडेलले नेपाल प्रहरी संगठनका हरेक दर्जाका सदस्यहरु २४ घण्टै जुनसुकै समय परिस्थितिमा जतासुकै परिचालित र सक्रिय रहने एकमात्र संस्था भएको उल्लेख गरे । उनले समाजमा हुने विभिन्न विकृति विसंगतिहरु निरुत्साहित गर्न सामुदायिक प्रहरी सेवा केन्द्रहरु लगायतका विभिन्न संघसंस्थाहरु सक्रिय हुनुपर्ने स्पष्ट पारे । पद्म नर्सिङ्ग होमका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. नारायण गौतमले मादक पद्धार्थ तथा सूर्तिजन्य पदार्थहरुको बेचबिखन नियन्त्रण, यसका सेवनबाट हुने बेफाईदाहरु र अन्तर्राष्ट्रिय क्षेत्रमा द्वन्दबाट ग्रस्त अवस्थामा रहेका देशहरु र हालको अवस्थामा भएको प्रगतिका बारेमा जानकारी गराएका थिए । सामुदायिकको यस्ता कार्यले समाजमा ठूलो सकारात्मक परिवर्तन आउने र सुन्दर समाज निर्माणमा सफलता मिल्नुका साथै सबै क्षेत्रको सहयोग र सहकार्य भएमा सम्भव हुने बताए । 
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बिष्णुबहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरत चालिसे, कल्पना आचार्य,उत्तम जोशी, सामुदायिक सेवा केन्द्र लेखनाथका संथापक अध्यक्ष मोती गिरी, पूर्व अध्यक्ष शैलेन्द्र मोहन भट्टराई, जयनत खातुन लगायतले आ–आफ्नो भनाइ राखेका थिए । त्यस अवसरमा मानव अधिकारवादी टेकनाथ बराल, पत्रकार महासंघ नेपाल कास्कीका अध्यक्ष रामकृष्ण ज्ञावली, जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाईं, नागरिक समाज नेपाल कास्की अध्यक्ष रामबहादुर पौडेल, संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली, एनप्याब्सन कास्कीका अध्यक्ष राम बहादुर मोची, आमा समुहहरुको तर्फबाट कार्य समिति सदस्य दुर्गा पहारीले पनि बोलेका थिए । कार्यक्रम संयोजक डाल्डा देवी भुजेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन महासचिव चक्रपाणि सुबेदीले गरेका थिए ।

Post a Comment

 
Top