पोखरामा रहेर भिविन्न पेशा र व्यवसायमा आवद्ध रहेका स्याङ्जा मालुङ्गाका वासिन्दाहरुले आफ्नो मुलथलो मालङ्गाको विकास गर्नका लागि दिन दयाल भण्डारीको (दिनेश) अध्यक्षतामा ११ सदस्य रहेको “स्याङजा मालुङ्गा पोखरा सम्पर्क समिति” गठन गरेका छन् । कार्यसमितिको प्रथम उपाध्यक्ष बिष्णु प्रसाद बस्याल, द्वितीय उपाध्यक्ष ईश्वर न्यौपाने, सचिव वासुदेव तिवारी, कोषाध्यक्ष कृष्ण भण्डारी, सह–सचिव अप्सरा बस्याल (वाग्ले)र सह–कोषाध्यक्ष मन्जु बस्याल रहेका छन् । त्यसैगरि सदस्यहरुमा क्रमशः लक्ष्मी बस्याल, डिलबहादुर सिंह, माधव वस्याल र गोविन्द वस्याल रहेका छन् । संस्थाको सल्लाहकार हरुमा तुलसा भण्डारी,मन्जु भण्डारी पौडेल र वावुराम बस्याल रहेको छन् ।
विभिन्न पेशा र व्यवसायमा आवद्ध रहेर पोखरालाई कर्मथलोका रुपमा अंगालेका बन्धुवान्धव बीच दुरताको अन्त्य गर्दै बन्धुत्वको भावना सहयोग एवं सद्भाव विकास गरि एकआपसमा भेटघाट र आपसी सद्भाव कायम गर्ने उद्देश्यले सो संस्थाको स्थापना गरिएको अध्यक्ष दिनदयाल भण्डारीले बताए । आर्थिक अभावका कारण सामाजिक, शारीरिक, वौदिक विकास हुनबाट बञ्चित समुदाय एवं व्यक्ति विशेषको आर्थिक उन्नतिका लागि विभिन्न कार्यक्रमहरु संस्थाले संचालन गर्ने छ–उनले भने । संस्थाले समाजको विकास र हितलाई मध्यनजर गर्दै समाजमा दन्तशिविर, रक्तदान, विभिन्न किसिमका दैविप्रकोप, भवितव्य पूर्ण घटनामा सहयोग लगायतका विभिन्न खालका तालिम, सेमिनार र गोष्ठी लगायतका कार्य गर्ने संस्थाको उद्देश्य रहेको बताईएको छ ।

Post a Comment