0
आजको पञ्चाङ्ग
मिति २०७१ साल चैत्र १८ गते बुधबार, तदनुसार अप्रिल १ सन् २०१५, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको द्वादशी तिथि १२ घटि ५४ पला अर्थात बिहानमा ११ बजेर ०७ मिनेटसम्म त्यसउप्रान्त त्रयोदशी तिथि लाग्नेछ । आज सूर्य मीन राशिमा, चन्द्रमा सिंह राशिमा ४७ घटि ३५ पला अर्थात रातिमा १२ बजेर ५८ मिनेटसम्म त्यसउप्रान्त कन्या राशिमा प्रवेश गर्नेछ । आज दिनमान ३१ घटि २ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५६ मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ६ बजेर २१ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष    ः    गुमेको धन हातलाग्ने, पारिवारिक सहयोग पाइने, यश कीर्ति बढ्ने, पढाइमा मनजाने दिन राम्रो छ समय शुभ रहेको छ ।
वृष    ः    दाजु भाइमा मनमुटाव हुन सक्ने, धन हानिको योग रहेको छ, अपजस आइ लाग्ने, मानसिक असन्तोष दिन खराब छ ।
मिथन    ः    विद्यामा प्रगति हुनेछ, प्रेम प्रसङ्ग सफल रहनेछ, यात्रा फलदायी रहनेछ, आर्थिक वृद्धि हुन सक्ने, दिन शुभ छ ।
कर्कट    ः        यात्रा असफल, खानामा गडबढी हुन सक्ने, कार्य अधुरा रहनेछन, छोराछोरीले सताउने, वायू रोगको संक्रमण हुनेछ ।
सिंह    ः     विदेशबाट धन प्राप्ति हुने, सबै प्रकारको कार्यमा सफलता मिल्नेछ, हर्ष र खुशीका समाचार सुन्नुपर्ला, सहयोग पाइनेछ ।
कन्या    ः        आफन्तसँग झगडा हुने, कार्यमा विध्नबाधा आइलाग्ने, पेट वा कम्मर रोगले सताउने, चिन्ता पर्ने समाचार सुन्नुपर्ला ।
तुला    ः        शत्रुमाथि विजय, घरमा नयाँ चहलपहल, धनलाभ हुनेछ, सबै काममा राम्रो सफलता मिल्नेछ, समयको सदुपयोग गर्नुहोला ।
वृश्चिक    ः    शोक पर्ने समाचार सुन्नुपर्ला, एक्कासी विवाद पर्ने, नकारात्मक सोचाइले शत्रुबढ्ने जनताबाट पनि नोक्सानी मात्रै हुनेछ ।
धनु    ः    समाजमा झगडा बढ्नेछ, इज्जतमा आँच आउने, दिनभर मन चञ्चल रहनेछ, पेट रोग लाग्ने सताउनेछ, सतर्क रहनुहोला ।
मकर     ः     व्यापार व्यवसायमा घाटा, आफन्तले नै विरोध गर्ने, काम अधुरा रहनेछन, स्वास्थ्य राम्रै रहेपनि मनमा अशान्ति हुनेछ ।
कुम्भ    ः        आरोग्यता, एक्कासि धनलाभ हुन सक्ने, इष्टत्रिसँग भेटघाट हुनेछ, कार्यमा सफलता मिल्नेछ, दिन राम्रो छ ।
मीन    ः     मानसिक पीडा थपिनेछ, प्रेममा विछोड हुन सक्नेछ, आयश्रोत घट्ने, पारिवारिक झमेलाले पेशाप्रति रुचि घट्नेछ ।

साइत ः आज पूर्व बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

शुभ, लाभ र अमृत बेला ः २०७१ साल चैत्र १८ गते बुधबार बिहान ५ः५६ बजेदेखि ७ः२६ बजेसम्म लाभ बेला, बिहानमा ७ः२६ बजेदेखि ८ः५६ सम्म अमृत उद्वेग, बिहानमा ८ः५६ बजेदेखि १०ः२६ बजेसम्म काल बेला, बिहानमा १०ः२६ बजेदेखि ११ः५६ बजेसम्म शुभ बेला, बिहान ११ः५६ बजेदेखि दिनमा १ः२६ बजेसम्म रोग बेला, दिनमा १ः२६ बजेदेखि २ः५६ बजेसम्म उद्वेग दिनमा २ः५६ बजेदेखि ४ः२६ बजेसम्म चर साँझ ४ः२६ बजेदेखि ५ः५६ बजेसम्म लाभ बेला रहनेछ । यसमा अमृत भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय ः दिनमा १२ः०० बजेदेखि १ः३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

राशिफल लेखक–युवा ज्योतिषी ः हरि पन्त, मोवाइल नं. ९८४६१४७३६९

Post a Comment

 
Top