0
राष्ट्रिय मानवअधिकार आयोगले गरेको सिफारिस कार्यान्वयन नगर्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राखी सार्वजनिक गरिने भएको छ । पाँचवर्षे रणनीतिक योजना सार्वजनिक कार्यक्रममा आयोगको सिफारिस उल्लङ्घनकर्तालाई प्रतिपादनको मौका दिएर मात्र कालोसूचीमा राख्ने तयारी भएको जानकारी दिइयो । ‘घरघरमा मानवअधिकार ः शान्ति र विकासको अधार’ भन्ने नाराका साथ ७५ वटै जिल्लामा आयोगको उजुरी कक्ष स्थापना गर्ने, स्थानीय एफएमबाट स्थानीय भाषामै मानवअधिकारका विषयमा जानकारी गराउने, घरघरमा मानवअधिकार शिक्षा पु¥याउन सम्बद्ध सङ्घसंस्थासँग आयोगले सहकार्य गर्ने रणनीतिमा उल्लेख छ । रणनीतिमा सेना, प्रहरी, प्रमुख जिल्ला अधिकारी, पत्रकारलगायत सरोकारवाला व्यक्तिलाई मानवअधिकार सम्बन्धी प्रशिक्षण प्रदान गर्ने, मानव अधिकारसम्बन्धी सन्धि महासन्धि परिपालना भए नभएकोे अनुगमन गर्ने तथा हस्ताक्षर गर्न बाँकी रहेका सन्धि महासन्धि हस्ताक्षरका लागि पहल गर्ने, मानवअधिकार उल्लङ्घन सम्बन्धी उजुरीमा अध्ययन अनुसन्धान गर्ने, द्वन्द्वपीडितलाई शीघ्र र प्रभावकारी राहत पु¥याउन अन्य आयोगसँग सहकार्य गर्नेलगायत विषयमा छन् ।     आयोगका अध्यक्ष अुनुपराज शर्माले द्वन्द्वका समयमा नागरिक तथा राजनीतिक अधिकारमा मात्र आयोग सीमित रहेकामा अब आयोगले सीमान्तकृत वर्गको भाषा र संस्कृतिको संरक्षणका साथै मानवअधिकारसँग सम्बन्धित रहेका विकास र भ्रष्टाचारका क्षेत्रमा समेत अनुगमन गरिने बताए ।
उनले अनुगमन तथा कार्यान्वयनका लागि आयोगका प्रत्येक इकाइलाई पनि क्रियाशील गराइएको पनि जानकारी दिए ।

Post a Comment

 
Top