0
स्व. दयाशंकर पालिखेका परिवारद्वार स्थापित तथा पत्रकार महासंघ कास्कीद्वार संचालित दयाशंकर स्मृति पत्रकारीता पुरस्कार अग्रज पत्रकार कुशुमकेशब पराजुलीलाई प्रदान गरिने भएको छ । शुक्रबार बसेको पत्रकार महासंघ कास्कीको बैठकले २०७२ को दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रतिभा छनौट समितिको सिफारिसलाई अनुमोदन गरेको हो । विगत तीन दशक देखि पत्रकारितामा क्रियाशिल पराजुली पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवं महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष र प्रेस स्वतन्त्रता सेनानी हुन् । उनी हाल बृद्ध आवाज पाक्षिकमा आबद्ध छन् । वि.स. २०३८ सालमा तत्कालिन भञ्ज्याङ्ग साप्ताहिकबाट पत्रकारिता सुरु गरेका पराजुलीले नयाँ सडक दैनिक, हिमचुली एफएमको संस्थापक, स्वाभिमान साप्ताहिकको सम्पादक, विमर्श साप्ताहिकको संवाददता र प्रकाश साप्ताहिकको संवाददता रहेर काम गरिसकेका छन् । प्रतिभा छनोट समितिमा महासंघका पूर्व अध्यक्ष नारायण कार्की संयोजक, वरिष्ठ पत्रकार कोमलनाथ बराल सदस्य, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापा सदस्य र महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली सदस्य र सचिव त्रिभुवन पौडेल पदेन सदस्य सचिव रेका थिए । त्यस्तै बैठकले २०७२ को गजेन्द्र भण्डारी स्मृति सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनौट समिति समेत गठन गरेको छ । समितिमा महासंघका पूर्व अध्यक्षद्वय माधव शर्मा र रवीन्द्र बाँस्तोला, महासंघका सल्लाहकार राजबहादुर गुरुङ्ग रहेका थिए । समितिमा महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली सदस्य र सचिव त्रिभुवन पौडेल पदेन सदस्य सचिब रहेका थिए ।  बैठकमा बर्ष २०७२ लाई तालिम बर्षका रुपमा अघि बढाउन उपाध्यक्ष एवं तालिम समितिका संयोजक राजेन्द्र अधिकारीले आगामी बैठकमा कार्ययोजना पेश गर्ने निर्णय गरेको छ भने लेखनवृत्ति समितिको संयोजकमा सचिब त्रिभुबन पौडेललाइ जिम्मेवारी तोकेको छ । त्यस्तै बैठकले साविक हिमचुली विकास बैंक र हालको एच एण्ड बी बैंकले स्थापना गरेको हिमचुली आर्थिक पत्रकारिता पुरस्कारलाइ सक्रिय बनाइ संचालन गर्ने निर्णय समेत भएको पत्रकार महासंघ कास्कीका सचिव त्रिभुवन पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Post a Comment

 
Top