0
पोखरा–८, सिमलचौरस्थित ला– ग्राण्डी इन्टरनेशनल कलेजको स्नातक तहको अध्ययन पुरा गरेका वर्ष २०१० ब्याजका बि.बि.ए, बि.सी.ए, बि.पी.एच. संकायका विद्यार्थीहरुलाई सोही कलेजका सातौँ सेमेस्टरका विद्यार्थीहरुसँगको संयुक्त आयोजनामा बिदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०१३ र २०१४ मा पोखरा विश्वविद्यालयको डिन लिस्टमा पर्न सफल विद्यार्थीहरु अभिनास बास्तोला, विनोद बस्ताकोटी, सुनिल थापा मगर, बन्दना त्रिपाठी, श्रद्धा पराजुली, हिमांशु केसी, दिपीका ग्रैहे र सविता तिमिल्सिनालाई ला ग्राण्डीमा डिन लिस्ट अवार्डबाट सम्मानित गरिएको थियो । पोखरा विश्वविद्यालय का उपकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.विष्णुराज तिवारीले विषय परिस्थितिमा विश्वविद्यालय को जिम्मेवारी निष्ठतापूर्ण ढङ्गबाट निर्वाह गर्दै आइरहेको र सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरु विश्वविद्यालय को पनि सम्पति भएको भन्दै यस ब्याजको दिक्षान्त समारोहको मिति छिट्टै तय गरी विद्यार्थीको भविष्यलाई मध्येनजर गरी शीघ्र कार्यक्रमको आयोजना गरी बाटो खुल्ला गर्ने बताए । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष तथा ला ग्राण्डी इन्टरनेश्नल कलेजका प्रिन्सिपल इन्जिनियर किरण केसीले विद्यार्थीहरुको बिदाई कार्यक्रम आफ्नो लागि दुःखको भन्दा खुसीको क्षणको रुपमा अनुभूति गरेको र यसबाट आफ्ना विद्यार्थीहरु अर्को चरणको जिम्मेवारीमा प्रवेश गरेको हुदा हरेक समय आफ्नो लक्ष्य प्राप्तिका लागि सकारात्मक भइ काम गर्न आग्रह गरे । कार्यक्रमको सञ्चालन ला–ग्रान्डीका एकेडेमिक को–अर्डिनेटर प्रदीप कुमार लम्सालले गरेका थिए ।

Post a Comment

 
Top