0
पोखराको न्यूरोडस्थित डिआएपी सप्लायर्सलाई यथाशीघ्र संचालनमा ल्याउन दुईवटा संस्थाले आवश्यक पहल गर्ने निर्णय गरेका छन् । फ्लोरिङ्ग फर्निसिङ व्यवसायी संघ कास्की र कपडा व्यवसायी एशोसिएशनले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा संस्थाका सदस्य गोविन्द अधिकारीले संचालन गरेको पसलको सबै सामान जलेर ५० लाख रुपैयाँ जति क्षति भएको उल्लेख गगरिएको छ । दुवै संस्थाले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रारम्भिक उद्धारमा सहयोग गर्ने निर्णय समेत गरेका छन् । यसैबीच फ्लोरिङ फर्निसिङ्ग व्यवसायी संघ कास्कीको प्रथम साधारणसभा एवं अधिवेशन यहि चैत्र २१ गते पोखरामा हुने भएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । समाजसेवा तथा व्यवसायिक समस्या समाधान गर्ने उद्देश्यले महन सुवेदीको नेतृत्वमा समिति गठन गरिएको थियो । संघमा हाल ७६ जना सदस्य रहेका छन् । पोखराको सहयात्री पार्टी प्यालेसमा हुने अधिवेशनको तयारी तीव्र रुपमा अघि बढाइएको सचिव रामकृष्ण ढुङ्गानाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top