0
लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीको २०१५ –१६का लागि लायन दिपक घिमिरेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । समितिमा निवर्तमान अध्यक्षमा अजुन गिरी, प्रथम उपाध्यक्षमा पवत्रमणि पोखरेल, द्वितीय उपाध्यक्षमा नगेन्द्र पोखरेल, तृतीय उपाध्यक्षमा धु्रव प्रसाद रेग्मीे, सचिवमा क्षत्रबहादुर क्षत्री, सह–सचिवमा शिवराज बराल, कोषाध्यमा तुलसी प्रसाद रेग्मी, सह–कोषाध्यमा मुक्तिनाथ ढकाल, पिआरओमा नरेन्द्र श्रेष्ठ, टेलट्स्टरमा शिशिर मिश्र, टेमरमा गणेश सेन्सुरी, मेम्वर शिप डाइरेक्टर रामेश्वर आचार्य, निर्देशकहरुमा क्रमशः डा. कमल चापागाई, रामचन्द्र शर्मा, ज्ञानेन्द्र पन्त, पूर्णबहादुर थापा, ऋषि बराल, केशरी तिवारी र अर्जुन पौडेल निर्वाचित भएका छन् । त्यसैगरि सदस्यहरुमा लोकबहादुर खाँड, बिष्णुहरि ढकाल, दीपक खड्का, कृष्ण लम्साल, सुमन श्रेष्ठ, राजेश श्रेष्ठ र पिताम्वर लामिछने रहेका छन् । उक्त निर्वाचन कार्यक्रमका निर्वाचन आयुक्तमा क्लबका निवर्तमान अध्यक्ष नरहरि पौडेल रहेका थिए भने सदस्यहरुमा क्लबका संस्थापक अध्यक्ष बलराम बडाल र क्लवका एक्टेन्सन चियर पर्सन राजेन्द्र बहादुर कार्की रहेका थिए ।

Post a Comment

 
Top