पाल्पाली समाज पोखराको १४औं वार्षिक साधारणसभा तथा सातांै अधिवेशनले अधिवेसनले आगामी २ वर्षका लागि बाबुराम खनाललाई अध्यक्षमा चयन गरेको छ । समाजको प्रथम उपाध्यक्ष कुलप्रसाद घिमिरे, द्वितीय उपाध्यक्ष रेशम रचक थापा, महासचिव बालचन्द्र परियार, सचिव श्रीधर पराजुली, कोषाध्यक्ष केशव नेपाल र सह–कोषाध्यक्ष हुमबहादुर सिंजाली छन् । सदस्यमा ज्ञानबहादुर श्रेष्ठ, राजीव श्रेष्ठ, लक्ष्मी घिमिरे, नीरा थापा, प्रकाश पौडेल, माधवी पाण्डे पन्त, भगवती बानियाँ, विञ्जु गुभाजू शाक्य, रेनुका बज्राचार्य श्रेष्ठ, उमा सापकोटा, दुर्गाराज पाण्डे, गिरीराज पोखरेल, सरस्वती कार्की र युमाया पचभैया चयन भए । समाजका सल्लाहकार जगदीश गौतमको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । यसअघि साधारणसभाको उद्घाटन गर्दै समाजका संरक्षक लीलाभक्त आचार्यले पाल्पालीहरुले विभिन्न तहमा रहेर इज्जत प्रतिष्ठा राख्ने काम गर्दै आएको बताए । पूर्वमन्त्री द्योगपति हरि पाण्डेले समाजले रचनात्मक कार्यक्रम गर्नुपर्ने सुझाव दिंदै समाजको रचनात्मक कामका लागि एक लाख रुपैयाँ सहयोगको घोषणा गरे । अन्तरसमाज महासंघका अध्यक्ष दीपेन राई, गुल्मेली समाज पोखराका अध्यक्ष शिव थापामगर, समाजका सल्लाहकारहरु लोकनाथ काफ्ले, चिरञ्जीवी श्रेष्ठ, जनपुकार मुनकर्मी, डा.यज्ञमान शाक्य, ताराप्रसाद पोखरेल लगायतले आफ्नो भनाइ राखेका थिए ।
यसैबीच समाजमा योगदान पु¥याएको भन्दै समाजका सल्लाहकार जगदीश गौतमलाई पूर्वमन्त्री हरि पाण्डेले सम्मान गरेका थिए । समाजका सचिव कुलप्रसाद घिमिरेले संचालन गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक बाबुराम खनालले गरेका थिए ।
यसैबीच समाजमा योगदान पु¥याएको भन्दै समाजका सल्लाहकार जगदीश गौतमलाई पूर्वमन्त्री हरि पाण्डेले सम्मान गरेका थिए । समाजका सचिव कुलप्रसाद घिमिरेले संचालन गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक बाबुराम खनालले गरेका थिए ।
Post a Comment