0
टे«ेकिङ व्यवसायीलाई मुल्य अभिवृद्धि कर (भ्याट) र लेखा प्रणालिबारे जानकारी दिलाउन पोखरामा विहीबारदेखि तीनदिने प्रशिक्षण सुरु भएको छ । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा प्रशिक्षण सुरु भएको हो । आन्तरिक राजस्व कार्यालय पोखराका अधिकृत र चार्टड एकाउन्टेन्टहरुले सहभागीलाई प्रशिक्षण दिलाउने छन् । पछिल्लो समय ट्रेकिङ व्यवसायीहरु भ्याटमा अनिवार्य रुपमा दर्ता हुनुपर्ने भएपछि व्यवसायीलाई त्यससम्बन्धि जानकारी दिनका लागि प्रशिक्षण आयोजना गरिएको टानका अध्यक्ष रामचन्द्र शर्माले बताए । प्रशिक्षण कार्यक्रममा बोल्द आन्तरिक राजस्व कार्यालयका प्रमुख जगदिश उपाध्यायले कारोवार पारदर्शी बनाउन सबैले कानुनसम्मत काम गर्नुपर्ने बताए । पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले स्वच्छ रुपमा खाता संचालनका लागि यस्ता प्रशिक्षण प्रभावकारि बन्ने बताए । उनले व्यवसायमा स्वच्छता कायम गर्नुपर्ने बताए । पर्यटन व्यवसायीले स्वच्छ कारोबार गरेर सरकारलाई कर तिर्दै योगदान दिन सके राज्य सवल हुने उनले बताए । पोखरामा अहिले करिब १२० टे«किङ, १४० ट्राभल, ५ सय रेस्टुरेन्ट, करिब ४० वटा प्याराग्लाईडिङ कम्पनि रहेको जानकारी दिए । होटलको संख्या दिनहुँ थपिएको उनले बताए । प्रशिक्षणमा करिब १ सय जना व्यवसायी सहभागी छन् ।

Post a Comment

 
Top