0
खेलकुदको विकास, पर्यटन प्रवद्र्वन भन्ने मुल नाराका साथ कास्कीको विकट मिजुरेडाँडा गाविसमा खुल्ला सेभेन ए साइड दोस्रो नागीधार स्व. गञ्जमान गुरुङ स्मृति फुटबल कप हुने भएको छ । स्थानीय नागीधार सिर्जनशील युवा क्लवले आयोजना गर्न लागेको प्रतियोगिता स्थानीय पाखुरीकोट नागीधार विद्यालयको खेल मैदानमा चैत्र २६ गतेदेखि शुरु हुने छ । प्रतियोगितामा २५ टिमको सहभागिता रहने अपेक्षा गरिएको छ ।प्रतियोगिता सम्पन्न गर्न तीन लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार र द्घितियलाई नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ठ गोलरक्षक, म्यान अफ दि म्याचलाई आकर्षक पुरस्कार दिइने छ । क्लवले प्रतियोगिताको तयारी शुरु गरेको प्रचार संयोजक ओमप्रकाश गुरुङले जानकारी दिए  प्रतियोगिता सम्पन्न गर्नका लागि क्लबका अध्यक्ष बेलमाया गुरुङको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरिएको छ । साथै आशबहादुर गुरुङको संयोजकत्वमा अर्थ संकलन र यमबहादुर गुरुङको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।
स्वर्गीय गञ्जमान गुरुङ नागीधार गाउँ तथा मिजुरेडाँडा गाविसका सामाजिक तथा राजनीतिक व्यत्तित्व थिए। स्वर्गीय गुरुङले नागीधार गाँउ तथा मिजुरेडाँडाको चौतर्फी विकासका लागि पु¥याएको योगदानको स्मरणगर्दै प्रतियोगिता आयोजना गर्न लागिएको हो। उनको सम्झनामा क्लवले गतवर्षदेखि फुटबल प्रतियोगिता आयोजना गर्न शुरु गरेको थियो । 
गुरुङको गत २०६९ मंसिर महिनामा आफ्नै निवास पोखरामा निधन भएको हो । उनका दुई छोराहरु र १ श्रीमती छन् । पोखरा रानीपौवाबाट महेन्द्रपुल, पृथ्वीचोक, अमरसिंहचोक, विजयपुर, कालिका, सौरे, थुम्सीकोट, गहते, मिजुरे, पाखुरीकोट गाउँहुँदै ३ घण्टाको बस यात्रामा नागीधार गाउँ पुग्न सकिन्छ ।  

Post a Comment

 
Top