0
लेखनाथ नगरपालिकाले दलित तथा जनजाति वर्गलाई सरकार सेवामा पहुँच पु¥याउने उद्देश्यले डेड महिने लोकसेवा आयोगको तयारी कक्षा संचालन गरेको छ । लोक सेवा आयोगमा आउने प्रश्नावली र त्यसको समाधानका उपायका बारेमा  लक्षित वर्गलाई जानकारी दिनेका लागि राखिएको तयारी कक्षामा लेखनाथ नगर क्षेत्रका सवै वडालाई समेट्ने गरि ३० जनाको सहभागिता रहेको थियो । लेखनाथ नगरपालिका सामुदायिक शाखाको व्यवस्थापन र गोल्डेन आई एकेडेमीको प्राविधिक सहयोगमा संचालन गरिएको तालिम समापन समारोहमा बोल्दै लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले तालिममा सिकेका कुरालाई बास्तविक जीवनमा उतारी उज्वल भविष्यका लागि सरकारी सेवामा जानु पर्नेमा जोड दिए । कार्यक्रममा गोल्डेन आई एकेडेमीका प्रवन्धक गुणखर सपकोटा, लेखनाथ नगरपालिका कानूनी सल्लाहकार राममणि अधिकारी, ईन्जिनियर जगनाथ कोईराला र सामुदायिक शाखाकी मिना भण्डारी लगायतले तालिमबाट सिकेका कुरालाई आत्मसाथ गर्दै भविष्यमा सरकारी सेवामा प्रवेश गर्न सक्नुपर्ने सुझाव राखेका थिए ।

Post a Comment

 
Top