0
तमुस्यो ह्युल छोँज धीं गुरुङ महिला राष्ट्रिय परिषदको प्रथम पार्षद भेला
कास्की पोखरामा हुने भएको छ । तमु महिलाहरुको हकहित र अधिकारका लागि
स्थापित देशभरका गुरुङ महिलाहरु को साझा संगठन तमुस्यो ह्युल छोँज धीं
गुरुङ महिला राष्ट्रिय परिषद केन्द्रीय पार्षद बैशाख १२ र १३ गते कास्कीको
पोखरा हुने भएको हो । कास्कीको पोखरामा पार्षद भेला हुने भएपछि
व्यवस्थापनको जिम्मा पाएको जिल्ला कार्यसमितिले तयारी अगाडि बढाएको छ ।
शनिबार कास्की जिल्ला कार्यसमितिको बैठक बसि पार्षद भेलालाई भव्य र सव्य
बनाउने निर्णय सहित विभिन्न उपसमितिहरु गठन गरेको छ ।

Post a Comment

 
Top