
विश्व कविता दिवसको अवसरमा वसन्त चौधरीफाउण्डेशन ले पोखराको नवआदर्श सामुदायिक विकास समाज लामाचौरलाई एम्बुलेन्स प्रदान गरेको छ । शनिबार गण्डकी आवासीय उमाविको सभाकक्ष हलमा भएको आफ्नै एकल काव्य प्रस्तुतिकार्यक्रमबीच चौधरीले समाजका अध्यक्ष धर्ममान सिंह भण्डारीलाई एम्बुलेन्सकोसाँचो हस्तान्तरण गरेका हुन् । विश्व काव्ययात्राको १३ औं शृङ्खलाको रूपमा रहेको सो कार्यक्रममा कवि एवं गीतकार वसन्त चौधरीले दर्जन बढी कविता रमुक्तक वाचन गरेर पाँच सय बढी दर्शक श्रोतालाई मनोरञ्जन दिलाएका थिए ।
चौधरीका पाँचवटा पुस्तक तथा आठवटा गीति एल्बम बजारमा आइसकेका छन् ।
यसअघि चौधरीलाई लामाचौरको आमा समूहले स्वागत गरेको थियो । नवआदर्श
सामुदायिक विकास समाजका अध्यक्ष धर्ममान सिंह भण्डारीको अध्यक्षतामा भएको
कार्यक्रममा प्रथम उपाध्यक्ष बमबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए
भने पूर्व अध्यक्ष सुरेन्द्रमान सिंह भण्डारीले सञ्चालन गरेका
Post a Comment