0
पोखराको चिप्लेढुङ्गामा प्रधान कार्यालय रहेको सिटी डेभलपमेण्ट बैंकको
१३औंै शाखाको रुपमा चितवन जिल्लाको मालपोत चोकमा संचालनमा आएको छ ।  उक्त
शाखाको उद्घाटन नेपाल सरकार, आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि
शर्माले गरेका थिए । नारायणी नमूना उच्च मा.वि.का अपाङ्ग तथा सुस्त
मनस्थिति भएका विद्यार्थीलाई युरोगार्ड, चितवन मावि का बहिरा विद्यार्थीलाई
 स्टेशनरी सामान वितरण र आमा समूहहरुलाई डष्टविन वितरण गरि शाखा कार्यालयको
 समुद्घाटन गरिएको थिया । बैंकका अध्यक्ष राजेन्द्र कुमार बटाजूको
अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, शिक्षाविद्,
समाजसेवी तथा स्थानीय व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको बैंकले जनाएको छ
 । ग्रामीण भेकलाई प्रमुख कार्यक्षेत्र बनाई महिला, पिछडिएका वर्ग तथा
युवाहरुमा लक्षित बैंकिङ्ग कार्यक्रम तथा लघुवित्त कार्यक्रम समेत संचालन
गरिरहेको बैंकले कास्की, तनहँ, लमजुङ, मनाङ, बाग्लुङ र चितवन लगायत
जिल्लाका जम्मा १३ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आइरहेको र नव
उद्घाटित मालपोत चोक शाखाका अतिरिक्त बन्दीपुर तनहुँ, लामाचौर कास्की र
कुश्मीशेरा बाग्लुङबाट समेत कारोबार शुरु गर्न लागेको बैंकका प्रमुख
कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
 २०६४ सालमा स्थापना भई समय सापेक्ष प्रविधिहरुको प्रयोग गर्दै,
सुरक्षित,आधुनिक तथा ग्राहकमुखि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकको चुक्तापुँजी रु. ४६ करोड ८१ लाख ६० हजार रहेको बैंकले २०७१ पौष
मसान्त सम्ममा रु.४ अर्ब ३३ करोड निक्षेप संकलन तथा रु ३ अर्ब ६४ करोड
कर्जा लगानी गरि रु. ८ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

Post a Comment

 
Top