नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको जिल्ला भेला चैत १५ गते हुने भएको छ । फोनिज कास्की शाखाको आइतबार बसेको बैठकले सो निर्णय गरेको अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए । फोनिजको विधानबमोजिम गर्न लागिएको जिल्ला भेलामार्फत् हालसम्मका संगठनका गतिविधि तथा कामको समीक्षा र भावी योजना निर्माण गरिने छ । जिल्ला भेलामा सचिवले प्रगति प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन गर्नेछन् । बैठकले भेलामा सहभागिताका लागि फोनिजमा आबद्ध सबै साधारण सदस्यहरूलाई उपस्थित हुन आग्रह गर्ने निर्णय गरेको छ । साथै, नयाँ सदस्यता वितरण तथा नवीकरणका लागि सबै आदिवासी जनजाति पत्रकारहरूलाई आÞवान पनि गरेको छ । त्यसैगरी, सो बैठकले अध्ययन भ्रमणमा जाने निर्णय समेत गरेको छ । यही चैतको अन्तिम साता कास्कीको पर्यटकीय गाउँ ल्वाङघलेल जाने निर्णय गरिएको सचिव रोशनी गुरुङले जानकारी दिए । भ्रमणको मिति भने जिल्ला भेलापछि निश्चित गरिने गुरुङले जानकारी दिए
Subscribe to:
Post Comments (Atom)
Post a Comment