0
रेडियो जननीको सयोजन र  यूएन ह्याबिट्याट नेपालको साझेदारीमा सञ्चालित हरित आवास परियोजना अन्तर्गत कौसी खेतीको माध्यमबाट घरेलु स्तरमा पानी तथा फोहोर पानी व्यवस्थापन बिषयक चार दिने तालिमदेखि पोखरामा सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै पोखरा उपमहानगरपालिका प्रशासन विभागका प्रमुख अधिकृत अनन्त प्रसाद कोइरालाले हरित आवासले विशेष गरि वातावरण मैत्री घर निर्माणका लागि सहजिकरण गर्नेमा जोड दिएका थिए । उनले हरित आवासको निर्माण गर्दा फोहोर ब्यवस्थापन, पानीको सदुपयोग, कम उर्जा, खपत घामको सदुपयोग बारे सचेत हुनुपर्ने बताए । तालिममा हरित आवास परियोजना बारे जानकारी, पानीको परिचय तथा घरेलु स्तरमा पानी ब्यवस्थापन सम्बन्धि जानकारी, पानी ब्यवस्थापन प्रविधि बारे जानकारी, कौसी खेती प्रविधिबारे जानकारी, माटो पहिचान बारेमा तालिममा सहजीकरण गराइने बताइएको छ । तालिममा डा. सन्तोष श्रेष्ठ, यशोदा श्रेष्ठ, प्रज्वल श्रेष्ठ, अनिल कुमार आचार्य, पुष्पकर आचार्य, सिर्जना शाक्यले सहजिकरण गर्नेछन् । पोखराका १८ वटा वडाका विभिन्न महिला समूहमा आवद्ध ३० जना महिलाहरुको सहभागिता रहेको सो तालिमले हरित आवास सृजना गर्नका लागि महिलाहरुलाई प्रशिक्षकको रुपमा सक्षम बनाउने संयोजन संस्था रेडियो जननीकी स्टेशन म्यानेजर बिमला भण्डारीले बताइन ।
तालिमको आयोजक संस्थामा यूएन ह्याबिट्याट नेपाल, एन्फो, पोखरा उपमहानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ रहेका छन् । पोखरालाई सुन्दर बनाउनका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने हरित आवास परियोजनाका फोकल पर्सन नेत्र तिमिल्सिनाले बताए ।

Post a Comment

 
Top