0
वेटर हेल्थ नेपालको आयोजना तथा रुपा फार्मेसी तालचोक प्राविधिक सहयोगमा सोमबार लेखनाथ नगरपालिका कार्यालय परिसरमा एक दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श सेवा संचालन गरिएको छ । प्रत्यक महिनाको दोस्रो र चौथो सोमबार लेखनाथ नगरपालीकामा आउने सेबाग्राहीहरुलाई मध्यनर राखेर आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्दे लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले रोग लाग्नु भन्दा पहिला आप्mनो स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएर स्वच्छ र निरोगी भएर बाच्नका लागि सवैमा अनुरोध गरे । सोही अवसरमा नगरपालिकका कानूनी सल्लाकार राममणि अधिकारीले नगरपालीका परिसरमा राखिएको सिविरले कामको सिलसिलामा आएका सेबाग्राहीहरुलाई रत्तचाप, मधुमेह तथा मृगौला रोगका बारेमा पुर्ब जानकारी हुने भएकाले सिबिर फलदाई र उपयोगी भएको धारणा राखेका थिए । रोगका बारेमा पुर्ब जानकारी नहुदाँ अकालमा मृत्यु बरण गर्नु परेका गरिब तथा विपन्न बर्गलाई लक्षित गर्दै अगाडि सारिएको स्वास्थ्य सचेतना कार्यक्रमलाई लेखनाथका सवै बडा र टोलहरुमा पु¥याउने लक्ष्य लिएको रुपा फार्मेसीका संचालक प्रदिप ओझाको भनाई रहेको छ ।

Post a Comment

 
Top