0
मदरल्यान्ड उच्च मा.वि.मा अध्ययनरत १८ जना विद्यार्थीहरूले अमेरिकी सरकारको
 प्रायोजन तथा युनिभर्सिटी अफ क्यालिफोर्नियाको संयोजनमा यही फेब्रुअरी ६
देखि मार्च ११ सम्म संचालित ५ हप्ते ‘इङ्लिस ग्रयामअ एण्ड एस्से राइटिङ’
अनलाइन कोर्ष पुरा गरी सो युनिभर्सिटीबाट प्रदान गरिएको प्रमाणपत्र प्राप्त
 गरेका छन् । विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै विद्यालय निर्देशक
त्रिभुवन शर्माले सम्पूर्ण विद्यार्थीहरूले उक्त विश्व प्रसिद्ध
विश्वविद्यालयबाट डिस्टिङ्सनको नतिजा सहित आफ्नो अनुकूलको जीवनोपयोगी सिकाई
 हासिल गर्न सफल भएकोमा आफू निकै खुशी रहेको जनाउँदै शुभकामना दिएका थिए ।
उक्त कोर्षमा कक्षा ७ का समृद्ध अधिकारी र माधव पौडेल, कक्षा ९ का सम्मान
बराल, सञ्जय ढुङ्गाना, श्रद्धा अधिकारी, प्रशंसा पौडेल, सगुन पराजुली,
स्वेता नेपाल, विनिता अधिकारी, सरस्वती गुप्ता, विवेक बराल, प्रवेश पहारी,
आदर्श बराल, कुशल गौतम, सक्षम पौडेल र सञ्जय खनाल, कक्षा ११ की एन्जिला
शर्मा र कक्षा १२ का सम्राट नेपाल सहभागी भएका थिए । यस अवसरलाई विद्यालयका
 अंग्रेजी विभागीय प्रमुख वामनकुमार घिमिरेले सहजीकरण गरेका थिए ।

Post a Comment

 
Top