नेकपा एमाले सचिव प्रदिप ज्ञवालीले सहमतिको नाममा संविधानसभामा भोटे ताल्चा लगाएर अव धेरै समय कुर्न नसकिने बताएका छन् । उनले अनिर्णयको बन्दीमा संविधानसभालाई राख्न नसकिने भन्दै विपक्षी मोर्चाले आन्दोलन घोषणा गरेकाले अबको एक÷दुई दिनभित्रै प्रक्रिया सुरु हुने बताए । ‘संविधान सभामा भोटे ताल्चा लगाएर अव कुर्न सकिदैन, वार्ता र सम्वादलाई खुल्ला राखेर संविधान निर्माणको प्रक्रिया अगाडि बढाउँछांै ।’ प्रेस चौतारी कास्कीले सोमबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने– ‘देशले भुठभेड नभएर सहमति खोजेको छ । एमाओबादी सहितका ३० दलीय मोर्चाले घोषणा गरेको आन्दोलनबाट गन्तव्यमा पुग्न सकिन्न । आन्दोलनको घोषणाले उनीहरु संविधान बनाउन चाहदैनन् भन्ने पुष्टि भएको छ ।’ दलहरुका वीच वार्ता जारी रहेको र पाँच हप्तादेखि संविधान सभा बैठकलाई स्थगित गरेर सहमतिको प्रयास गरिएका बेला आन्दोलनको घोषणा गर्नु विपक्षिको गैर जिम्मेवारीपना भन्दै उनले आन्दोलनले कसैलाई पनि फाइदा नपुग्ने र यसले अतिवादलाई शिर उठाउन बल पु¥याएको बताए । संविधान निर्माणमा चिक्त नबुझेका विषयमा फरक मत राखेर अगाडि बढ्न सकिने बताउँदै उपलब्धिलाई संस्थागत गर्न ढिलाई हुदाँ अतिवादले खेल्ने मौका पाएको ज्ञवालीको भनाई छ । उनले काँग्रेस र एमालेसंग स्पष्ट बहुमत हुदाँ–हुदै सहमतिका लागि यति धेरै लचकता प्रस्तुत गर्दा पनि आन्दोलन घोषणा गर्नुले नियत के हो ? स्ष्पट भएको बताए । ३०दलीय मोर्चाले आन्दोलनबाट अल्पमतलाई स्थापित गर्न खोजेको भन्दै उनले अल्पमतले बहुमतलाई जवर्जस्ती गर्न खोजिएको पनि सत्तापक्ष उत्तेजित र आवेगमा नआई सहमतिका लागि संयमित र जिम्मेवार ढंगले अगाडि बढ्ने बताए । ‘कांग्रेस र एमालेले अगाडि सरेको नौं बुँदेलाई आधार बनाऔं,’ उनले भने–‘यो नै संविधान होइन त्यसमा छलफल गर्न तयार छौं ।’ नेता ज्ञवालीले काँग्रेस र एमालेको एलायन्सलाई तोड्न षड्यन्त्र भइरहेको बताउँदै त्यो पुरा हुन नसक्ने बताए । संविधानसभाबाट संविधान जारी गर्न नौ वटा प्रक्रिया पुरा गर्नुपर्ने भएकाले त्यति बेला सम्म सहमतिको प्रयासलाई पनि निरन्तरता दिने उनले बताए । ज्ञवालीले मधेशी दलहरुले एक प्रदेश एक मधेश र एकिकृत नेकपा माओवादीले जातीय राज्य नछाडेकोले सहमति हुन नसकेको बताए । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रामजी लम्साल र संचालन सचिव अर्जुन गिरीले गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment