हेमजाको आलु खेतीले देशभर चर्चा पाउँदै गएको भएपनि पछिल्लो समयमा हेमजामा आलु उत्पादनमा कमि भएको र त्यहाँ उत्पादित आलु अर्गानिक नभएको गुनासो बढ्न थालेको छ । सोमबार छैटौं आलु महोत्सवका बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा कास्कीका वरिष्ठ कृषि विकास अधिकृत रमेश कोइरालाले यसवर्ष हेमजामा चारसय ८० हेक्टरमा आलु खेती भएको जानकारी दिए । महोत्सव आयोजक विष्णु पादुका क्लवले भने हेमजाको कुल क्षेत्रफल एकहजार नौ सय ७१ हेक्टर रहेकोमा ६५० हेक्टरमा आलु खेती हुने गरेको जनाएको छ । पछिल्ला वर्षमा आलु संगै विभिन्न खाले तरकारी र कृषिसंग सम्बन्धित अन्य उत्पादनमा स्थानीय कृषक लागेकोले आलु उत्पादन गर्ने क्षेत्रफल घट्नुका साथै उत्पादनमा समेत कमि आएको बताइन्छ । गतवर्ष १३ करोड रुपैयाँ बढीको आलु हेमजाको आलु महोत्सवबाट विक्री भएकोमा यसवर्ष १२ करोड रुपैयाँको मात्र आलु विक्री गर्ने लक्ष्य राखिएको छ । हेमजामा उत्पादिन आलु मध्ये ५५ सय मेट्रिकटन विक्री हुने र ३५ सय मेट्रिकटन घरायसी प्रयोजनमा खपत हुने अनुमान गरिएको छ । हेमजाको आलु महोत्सवलाई कृषकको महत्वपूर्ण पर्वको रुपमा समेत लिइएको कृषि अधिकृत कोइरालाको भनाइ छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उप–सभापति गंगाधर पराजुलीले हेमजाको आलुलाई अर्गानिक आलुको रुपमा चिनाउन मिल्ने वातावरण तयार हुनुपर्नेमा जोड दिंदै महोत्सवको नाममा उपभोक्तालाई आर्थिक भार नपर्ने गरि आलुको मूल्य तोकिनुपर्ने बताए । पत्रकार महासंघ कास्कीका सचिव त्रिभुवन पौडेलले हेमजाको आलु अर्गानिक नभएको भन्ने गुनासो बढ्दै गएकोले स्थानीय र सरकारी निकायको ध्यान जानुपर्ने बताए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment