नं. २० भलामका गोविन्द पौडेलले पालेको कुकुरले शंखको आवाज निकाल्न थालेपछि कुकुर हेर्नेको भिड लागेको छ । पौडेल बिहान–बिहान घरमा पूजा पाठ गर्दा शंख घण्ट पनि बजाउने गर्छन् । उनले जब शंख बजाउन शुरु गर्छछन् र कुकुरले पनि चौकोमा बसेर पौडेलले बजाएको शखको आवाज निकाल्दै लगातार उनीसंगै शंख जस्तै आवाज निकाल्ने गर्छ । पौडेलले बिहान–बिहान आफूले शंख बजाएको देख्दै–सुन्दै आएको कुकुरलाई तालिम जस्तो भएकोले आफूले शंख बजाए जस्तो गरेर आवाज निकाल्ने गरेको बताए । स्थानीय तारा प्रसाद पौडेलले कुकुर
ले शंखको आवाज निकालेपछि आफूहरुलाई अचम्म लागेको बताए । शुरुमा त आफूहरुलाई विश्वास नलागेको र पछि गोविन्दकै घरमा गएर प्रत्यक्ष देखेपछि आफूहरु दंग परेको बताए । विगत ५ बर्षदेखि घरको रक्षाका लागि कुकुर पालेका पौडेलले छोरीहरुको विवाह भएको र छोराहरु जागीरको शिलशिलामा घरबाहिर भएकोले बुढाबुढीको साथीको रुपमा पाल्दै थियो । कुकुरलाई बिक्की नाम दिइएको पौडेललाई बताए । धेरै मानिस कुकुरले निकालेको शंखको आवाज सुन्न आउने गरेको बताए ।

Post a Comment