पर्वत जिल्ला दक्षिणी भेगका गुरुङहरुको साझा सस्था पैंयू खोला तमु समाज
पोखराले नेपाल आदिवासी जनजाति संघ कास्कीका अध्यक्ष जितबहादुर गुरुङलाई
सम्मान गरेको छ । २०३९ सालमा स्थापना भएको समाजले विभिन्न रचनात्मक कार्य
गर्दै आएको छ । सभाका प्रमुख अतिथि समाजका संरक्षक एवं सस्थापक अध्यक्ष
कोमलप्रसाद गुरुङले समाजको ६४ औं अर्धवार्षिक साधारण सभामा नेपाली काँग्रेसको भातृ संस्था आदिवासी जनजाति संघ कास्कीका अध्यक्ष जितबहादुर
गुरुङलाई सम्मान गरेका थिए । समाजका अध्यक्ष बलराम गुरुङको अध्यक्षतामा
सम्पन्न कार्यक्रममा बोल्दै सम्मानित जीतबहादुर गुरुङले समाजलाई राजनीतिक
चेतनाबाट नजिक राख्न आग्रह गरेका थिए । गुरुङले जनजातिहरु सरकारको विभिन्न
निकायमा कमजोर उपस्थिति रहेकोमा जनजातिहरुले विदेश मोह त्यागेर स्वदेशमै
काम गर्ने प्रेरणा प्रदान गर्न समाज अग्रसर बन्न आग्रह गरे । २ दशकदेखि
नेपाली काँग्रेस आवद्ध प्रतिष्ठानमा काम गर्दै आएका गुरुङ नेपाल ट्रेड
युनियन काँग्रेस र यातायात मजदुर संघको नेतृत्व गरिरहेका छन् । कार्यक्रम
सञ्चालन पैंयु खोला तमु समाजका सचिव खकीमायाँ गुरुङले गरेकी थिइन् ।
साधारणसभामा कोषाध्यक्ष बलबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका
थिए भने सचिव खकीमायाँ गुरुङले सचिवको प्रतिवेदन प्रस्तुत र उपाध्यक्ष
दुर्गासिंह गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सभामा सांस्कृतिक
संयोजक कुमार गुरुङले आफ्नो संस्कृति जोगाउन सबै तमुहरु लाग्न आग्रह गरेका
थिए । साधारणसभामा वीरबहादुर गुरुङ, शेरबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ र
नविन गुरुङले नयाँ सदस्यता लिएका थिए । १८० जना साधारण सदस्य रहेको समाजले
आगामी दिनमा नयाँ सदस्य थप गर्दै लैजाने बताएको छ

Post a Comment