भारतका लागि प्रस्तावित नेपालका राजदूत दीपकुमार उपाध्यायले भारतसँगको असल मित्रता आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले सोमबार पोखरामा आयोजना गरेको ‘नेपाल भारत आर्थिक क्षेत्रको सुदृढ सम्बन्धका लागि सहकार्य विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उनले व्यापार घाटा कम गराउने, पर्यटन प्रवद्र्धन र भारतीय लगानी आकर्षित गर्नका लागि आफूले भूमिका प्रतिवद्धता जनाए ।
उनले भने–‘भारतीय संस्थापन नेपालप्रति सकारात्मक रहेको छ । उनीहरुको सद्भावलाई सही तरिकाले उपयोग गर्नुपर्छ ।’ भारतसँग नेपालको व्यापार घाटा कहालीलाग्दो भएको स्वीकार गर्दै उनले नेपालमा उद्योगधन्दा स्थापनाले मात्र व्यापार घाटा कम गर्न सकिने स्पष्ट पारे । भारतीय लगानीलाई नेपाल आकर्षित गर्दै ती उद्योगबाट उत्पादित सामानहरु नेपालसँग सीमा जोडिएका उत्तरप्रदेश र बिहारमा निर्यात गर्नुपर्ने उनको भनाई थियो । अन्ध राष्ट्रवादले देशको भलो नहुने तर्क गर्दै उनले भारतसँग भएको उर्जा व्यापार सम्झौता (पिटिए) र उर्जा विकास सम्झौता (पिटिए) ले नेपालमा भारतीय लगानी प्रोत्साहित गरेको बताए । हिन्दू र वौद्ध धर्मको प्रचार गर्दै धेरैभन्दा धेरै भारतीय पर्यटकहरुलाई नेपाल ल्याउने अभियानमा लाग्ने उनले बताए । गत वर्ष भारतको उत्तराञ्चलमा गएको पहिरोमा परी कति नेपाली कामदारले ज्यान गुमाए भन्ने तथ्याङ्क समेत नभएको प्रसंग झिक्दै उनले भारतमा रहेका नेपालीको समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता समेत जनाए ।
नेपाली युवाहरु रोजगारीको लागि विदेशिनु पर्ने बाध्यता भएसम्म नेपालले आर्थिक रुपले उन्नति गर्न नसक्ने भएकोले देशभित्रै रोजगारी सृजना गर्नु पर्नेमा उनको जोड दिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले व्यापार घाटा कम गर्न, विभिन्न समयमा भएका व्यापार सम्झौताहरुलाई नविकरण गर्न, नेपाली उत्पादनको भारतीय बजार प्रवेश सहज बनाउने दिशामा काम गर्न प्रस्तावित राजदूत उपाध्याय संग आग्रह गरे । नेपालको भारत सँगको व्यापार घाटा चुलिँदो अवस्थामा रहेको भन्दै उनले आर्थिक वर्ष २०६१ ÷०६२ मा ४९ अर्व ७५ करोड, ८६ लाख रुपैयाँ भएको व्यापार घाटा आर्थिक वर्ष २०७०÷०७१ मा आईपुग्दा ४ खर्व २२ अर्व ८८ करोड ६९ लाख रुपैयाँ पुगेको बताए ।
अध्यक्ष थापाले पूर्वाधार, कृषि, औद्योगिक एवं पर्यटनको क्षेत्रमा भारतीय लगानी भित्र्याउन, पर्यटन प्रवद्र्धन गर्न एवं पोखराको पूर्वाधार निर्माणको क्षेत्रमा साँस्कृतिक केन्द्र र क्रिकेट रंगशाला निर्माण ताल संरक्षणको लागि आवश्यक वाटर फ्लोटिङ एक्साभेटर खरिदमा सहयोगको पहलका लागि आग्रह गरे । संविधानसभा सदस्य शारदा पौडेलले द्विपक्षीय हितका विषयमा भारतसँग खुल्ला रुपले कुरा राख्न राजदूतसँग आग्रह गर्दै नेपालको पूर्वाधार निर्माणको क्षेत्रमा भारतीय लगानी बढाउने दिशामा काम गर्नुपर्ने जोड दिइन । पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले पर्यटन प्रवद्र्धनका लागि भारतीय सहरमा प्रचारात्मक अभियान संचालन गर्न, भारतीय सहरहरुमा पोखराबाट सिधा बस सेवाको लागि पहल गर्न आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य विश्वशंकर पालिखेले भारतीय धार्मिक पर्यटक नेपाल भित्र्याउनका लागि नेपालका धार्मिक क्षेत्रहरु पशुपतिनाथ, बाल्मिकी धाम, मुक्तिक्षेत्रको प्रचार–प्रसार साधुसन्तबाट गराउनु पर्ने सुझाव दिए । उनले भारतीय सिनेमाहरुको छायाङ्कनका लागि नेपाल उपयुक्त थलो भएको बताउँदै त्यसको पहल गर्न आग्रह पनि गरे । कार्यक्रममा पोउवा संघका प्रथम उपाध्यक्ष देव क्षेत्री, महासचिव रवीन्द्रबहादुर प्रजुले पनि आ–आफ्नो भनाइ राखेका थिए

Post a Comment