
कास्की जिल्लाफुटबल सङ्घको व्यवस्थापनमा पोखरामा जारी स्व.बलराम केसी स्मृति अन्तरक्लब कास्की जिल्लास्तरीय लिगकम नकआउट फुटबल प्रतियोगिताअन्तर्गत शनिबारदेखि लिगचरणका खेल सम्पन्न भएका छन् । शनिबार भएको लिगचरणको २० औं खेलमा समूह डीको सहारा क्लब र गार्डेन एफसीले एक–एक गोलको बराबरी खेले। गार्डेनका नारायण गुरुङले १४ मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाए पनि खेल सकिन सात मिनेट बाँकी छँदा सहाराका लागि सञ्जय जलारीले बराबरी गोल गरेका थिए । बराबरीसँगै एक अङ्क खोसेको सहारा पाँच अङ्कसहित समूह विजेताको रूपमा क्वाटरफाइनलमा स्थान पक्का ग¥यो भने समान अङ्क भए पनि गोलका आधारमा गार्डेन समूह उपविजेता बन्यो । नयाँगाउँ युथ क्लब र इन्द्रेणी क्लबबीचको अन्तिम खेल पनि दुई–दुई गोलको बराबरीमा सकियो । नयाँगाउँको लागि अश गुरुङले ५४ तथा विश्व अधिकारीले ७० मिनेटमा गोल गरे भने इन्द्रेणीको तर्फबाट नौ मिनेटमा अजित गुरुङ र ६८ मिनेटमा निशान गुरुङले गोल गरेका थिए । बराबरीसँगै अङ्क बाँडेका दुवै टीम लिगचरणबाट बाहिरिने अन्तिम टोली बन्न पुगे । लिगचरणका तीनवटै खेल बराबरी खेलेको नयाँगाउँले चार गोल गर्दै पाँच गोल खायो । यस्तै दुई खेलमा हार तथा एक खेल बराबरी खेलेको इन्द्रेणीले दुई गोल गर्दै ६ गोल खायो ।
Post a Comment