0
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्ले कास्की र लिबर्ड पोखराको सहकार्यमा लमजुङ्गमा पशुपान सम्बन्धी तालिम सम्पन्न भएको छ । लम्जुङ्गको  अर्चलबोट गा.वि.स.वडा नं ७ मा भएको पशुपालन सम्बन्धी तालिममा क्षेत्रीय कृषि अनुसनधान केन्द्र, लुम्लेका वरिष्ठ वैज्ञानिक यमुना कुमार श्रेष्ठ, वैज्ञानिक मनोज कुमार साह र प्राविधिक अधिकृत केशव प्रसाद ढुंगानाले पशु प्रजनन, पशुपालन व्यवस्थापन, पशु आहारा तथा पशु स्वास्थ्य विषयमा प्रशिक्षण दिएका थिए । तालिम पछि कृषककहरुबाट भैसीको दुधको नमूना संकलन गरी स्थलगत रुपमा दुधको विभिन्न तत्वहरु एस.एन.एफ, फ्याट, प्रोटिन, पि.एच, ल्याक्टोज लगायतको  परिक्षण गरीएको र  गोबरको नमूना संकलन गरी क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्लेमा पठाइएको स्थानीयले जनाएका छन् । तालिममा १७ जना कृषकहरुको सहभागीता रहेको थियो ।

Post a Comment

 
Top