विष्णुपादुका क्लव हेमजाको आयोजनामा चैतको अन्तिम सातामा हुन लागेको छैटांै हेमजा आलु महोत्सव–२०७१ तयारीलाई तीव्र पारिएको छ । महोत्सवलाई सफल बनाउनका लागि विभिन्न उप–समितिले आ–आफ्नो कामलाई तीव्र अघि बढाएको महोत्सव मूल आयोजक समितिका संयोजक रमेश कार्कीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । महोत्सव नजिकंदै गर्दा महोत्सव मूल आयोजक समितिले शनिबार आयोजना गरेको वृहत अन्तत्र्रिmया कार्यक्रममा सहभागीहरुले महोत्सवलाई सघाउने प्रतिवद्धता जनाएका थिए । अन्तत्र्रिmया कार्यक्रममा महोत्सव मूल अयोजक समितिका संयोजक रमेश कार्कीले हालसम्म भएका गतिविधिका वारेमा जानकारी गराएका थिए । महोत्सव तयारी गर्नका लागि सिंगो मूल आयोजक समिति नै लागि परेको छ उनले भने–आजको अन्तत्र्रिmयाको सुझावबाट पनि हामीलाई महोत्सव सफल बनाउनका लागि थप प्रेरणा मिलेको छ । सुझवाहरुलाई अनुशरण गरेर जाने छौं । महोत्सवमा सहयोग आउनेक्रम जारी रहेको बताउँदै सहयोगकै कारण हौसला प्राप्त भएको उनले जानकारी दिए । महोत्सवमा नर्थ फिल्ड प्राङ्गारिक मलको पनि विक्री केन्द्र राखिने कार्कीले जानकारी दिए । आलुलाई अर्गानिक बनाउँदै लैजानका लागि यो केन्द्र राखिन लागिएको कार्कीले जानकारी दिए । महोत्सवमा ९० प्रतिशत स्टल बुकिङ्ग भईसकेको स्टल व्यवस्थापन उप–समितिका संयोजक राजेन्द्र थापाले जानकारी दिए । सुन्दर ठाँउ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ आयोजना हुन लागेको उक्त महोत्सव चैत्रको २३ गतेदेखि २९ गते चल्ने छ ।
हेमजलाई व्यसायिक कृषि ठाँउकौ रुपमा परिचत गर्दै विविध कृषि उत्पादनको प्रर्वद्धन तथा कृषि पर्यटनको प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सव सम्पन्न गर्नका लागि ३२ लाख ३५ हजार खर्च लाग्ने र ३३ लाख ३५ हजार आम्दानी हुने अनुमान गरिएको कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए । महोत्सवमा करिव एकलाख ५० हजार दर्शकले अवलोकन गर्ने महोत्सव भित्र बाहिर गरि करिब १२ कारोडको आलुको कारोवार हुने अपेक्षा गरिएको महासचिव भिमप्रसाद श्रेष्ठले जानकारी दिए ।

Post a Comment