0
लेखनाथ उद्योग वाणिज्य सघ, व्यवसायीक तथा सिप विकास तालिम केन्द्र र जागरण सामुदायिक विकास केन्द्र, कास्कीको संयुक्त आयोजनामा ६ हप्ते विद्युत जडान स्तरवृद्धि (अपग्रेडिङ) तालिमको सम्पन्न भएको छ । लेखनाथ उद्योग वाणिज्य संघका कार्य वाहक अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा सहभागिलाई  तालिमको प्रमाणपत्र वितरण गर्दैं अध्यक्ष त्रिपाठीले यस प्रकारका स्तरबृद्धि तालिमले काममा अझ निखारता ल्याउने र बढि सक्षम बनाउन मद्दत पुर्याउने भएकाले व्यवहारिक हुन आग्रह गरे । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका महासचिव बलराम ढकाल, जागरण सामुदायिक विकास केन्द्र, कास्कीका अध्यक्ष धना पाण्डे, व्यवसायिक शिप विकास तालिम केन्द्रका मनोज कुमार थापा, प्रशिक्षक मानवहादुर भूजेल लगायतले सवै सहभागीलाई सिकेका करा व्यवहारिकतामा लागूगर्न आग्रह गरे । कार्यक्रममा सहभागीको तर्फबाट कालिदास पोख्रेल र दिपक तिवारीले तालिम फलदायी भएको बताएका थिए भने संघका सहायक अधिकृत पवित्रा श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा लेखनाथ र परिषरका गा.वि.स.का ३० जनाको सहभागिता रहेको थियो । यसैगरी लेखनाथ उद्योग वाणिज्य सघ, व्यवसायीक तथा सिप विकास तालिम केन्द्र र जागरण सामुदायिक विकास केन्द्र, कास्कीको संयुक्त आयोजनामा सेक्यूरिटी गार्ड सम्वन्धि तालिम शुरु भएको छ । इलाका प्रहरी कार्यालय डाडांकोनाक इन्चार्ज गंगावहादुर थापाले सेक्यूरिटी सम्वन्धी तालिमले बैदेशिक रोजगारिका लागि मात्र नभई व्यक्तिगत सुरक्षाका बारेमा जानकारी गराएका थिए । 
लेखनाथ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा सेक्युरिटी सर्भिस प्रा.लि.का संयोजक धना पाण्डे, प्रशिक्षक तीर्थलाल श्रेष्ठ, संघका महासचिव बलराम ढकाल, संघका कार्यालय प्रमुख बद्रीनाथ पौडेलले लगायतले बोलेका थिए ।

Post a Comment

 
Top