0
पोखरा–८, सृजनाचोक स्थित पोखरा बचत तथा ऋण सहकारी संस्थाले आप्mनो वार्षिक कार्यक्रम अनुसार आफ्ना शेयर सदस्यहरु बीच भेटघाट कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा संस्थाका शिक्षा उपसमिति र महिला उप–समितिको संयोजनमा शेयर सदस्य र तिनका परिवारका सदस्यहरु बीच विभिन्न मनोरञ्जनात्मक खेलकूदहरुको साथै सहकारी सम्बन्धी हाजिरी जवाफको समेत आयोजना गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव शम्भुराज बाँस्तोलाले संस्थाको परिचय प्रस्तुत गर्नुका साथै सहकारी संस्थाका शेयरसदस्यहरुले निर्वाह गर्नुपर्ने भूमिका र कर्तव्यको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष आशबहादुर गुरुङ्गले संस्थाको हाल सम्मको संक्षिप्त वित्तीय स्थिति प्रस्तुत गर्नुका साथै संस्थामा भईरहेको पछिल्लो गतिविधिहरुका बारेमा आफ्ना शेयर सदस्यहरुलाई जानकारी गराएका थिए । संस्थाले २०७१ फाल्गुन मसान्त सम्ममा रु.१७ करोड निक्षेप (बचत) संकलन गरी त्यति नै रकम बराबर आफना शेयरसदस्यहरु बीच कर्जा लगानी गरी रु.४२ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको समेत संस्थाका अध्यक्ष गुरुङ्गले बताए ।

Post a Comment

 
Top