0
पोखराको सिम्पानीमा रहेको स्पाइरल ग्यालेक्सी उच्च माविले बा¥हौं बार्षिकोत्सव समारोहको तयारी सुरु गरेको छ । वार्षिकोत्सव लाई व्यवस्थित बनाउन विभिन्न दशवटा उपसमिति समेत गठन गरिएको छ । मूल आयोजक समितिको संयोजक मा व्यवस्थापकीय संयोजक अर्जुन ढकाल, अतिथि स्वागत तथा पत्राचार उपसमितिमा प्राचार्य नारायण शर्मा चापागाई, मञ्च व्यवस्थापनमा बालकृष्ण अधिकारी, कार्यक्रम व्यवस्थापन उपसमितिमा अमृत पौडेल, स्वास्थ्य उपसमितिमा कृष्ण तिवारी, स्वर्य सेवका तथा पुरस्कार छनोट उपसमितिमा वृहस्पती लम्साल, खाज तथा जलपानमा सीताकुमारी बास्तोला, सांस्कृतिक कार्यक्रम उपसमितिमा सह प्राचार्य सन्तोष गुरुङ्ग र मिडिया समन्वय उपसमितिमा शिशिर पौडेल रहेका छन् । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरिने संयोजक ढकालले जानकारी दिए । कार्यक्रम क्षेत्रिय प्रशासक दिनेशकुमार थपलियाको प्रमुख अतिथ्यतामा हुने भएको छ । कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फको पुरस्कार वितरण साथै विविध सांस्कृतिक कार्यक्रम हुने बताईएको छ ।

Post a Comment

 
Top