0
निकेतन स्कूलले २०७१ सालको प्रवेशिका परीक्षामा सम्मलित विद्यार्थीहरुलाई बिदाइ ग¥यो । विद्यार्थीलाई मायाको चिनो प्रदान गरि बिदाई गर्दै विद्यालयका प्रिन्सिपल महेश्वर पराजुलीले विद्यालयको गरिमालाई उच्च राख आग्रह गरे । विद्यालयका शिक्षक प्रमुख यद विलाश भूत्र्याल, मावि प्रमुख केशव अधिकारीले विद्यालयको गरिमालाई ख्याल गर्दै आगामी दिनमा उत्कृष्ट शैक्षिक प्रगति हासिल गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।  कक्षा १० मा पढाउने शिक्षक–शिक्षिक, लेखाप्रमुखलाई सम्मान गरिएको कार्यक्रममा विद्यार्थी पूजा बास्ताकोटी, सुरज चौधरी, अभिभावक रुप्रप्रसाद बास्ताकोटी लगायतले बोलेका थिए ।
यसैगरी पोखराको पार्दी स्थित फिस्टेल एकेडेमी उच्च माविमा भर्खरै प्रवेशिका परीक्षा सम्पन्न गरेका विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ । विद्यार्थीहरुलाई बिदाइ गर्दै संस्थापक प्राचार्य चिनु रानाभाटले परीक्षा पछिको समयमा रचनात्मक क्रियाकलापमा सहभागी हुन आग्रह गर्दै प्रभावशाली व्यक्तित्व निर्माणमा अग्रसर हुन आग्रह गरे । रानाभाटले प्रवेशिकाको समाप्ति उच्च शिक्षा आर्जन गर्ने शुरुवाती पल भएकाले सोही अनुसार उच्च शिक्षा प्राप्तिको मार्ग प्रशस्त हुने खालको तयारीमा लागि पर्ने समेत आग्रह गरे । विद्यालय संस्थापक अञ्जु रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहप्राचार्य बुद्धिमोहन पौडेल, उच्च मावि संयोजक रामबन्धु पोखरेल, नेपाली शिक्षक बोधराज ढकाल, शिक्षिका चुनु शिवाकोटी लगायतले मन्तव्य राख्दै उत्कृष्ट नतिजाको साथै समुज्वल शैक्षिक भविष्यको कामना गरेका थिए ।

Post a Comment

 
Top