0
पोखरा उपमहानगरपालिका वडा नं. २ अर्चलबोटचोकमा रहेको ज्योतिष भविष्यवाणी साप्ताहिक पत्रिकाको कार्यालयमा तोडफोड भएको छ । केहि उच्छि«ङ्खल समूहले शनिबार राति कार्यालयको वोर्डहरु तोडफोड गरी भागेको पत्रिकाका प्रधान सम्पादक डा.बलराम उपाध्याय रेग्मीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । रेग्मीले तोडफोड गर्ने उपर तत्काल खोजी गरी कार्वाहीको माग गरेका छन । उच्छि«ङखल समूहले कार्यालय तथा वोर्डमा गएराति करिब ९ः४५ बजे एकाएक ढुङ्गामुढा र सीसाको वोलत प्रहार गरेको डा.रेग्मीले जानकारी दिए । अपरिचित समूहबाट ज्योतिष भविष्यवाणी साप्ताहिकको उक्त कार्यालय यसअघि पनि पटक–पटक तोड्फोड हुनुका साथै ढुङ्गा प्रहार हुँदै आएको थियो ।

Post a Comment

 
Top