सत्तारुढ दल नेपाली काँग्रेसका नेता एवम् सरकारका प्रतिनिधि र प्रमुख प्रतिपक्षी दल एनेकपा (माओवादी)का नेताहरुबीच संविधान लेखनमा सहमति कायम गर्ने विषयमा केन्द्रित भएर छलफल भएको छ । एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा शनिबार साँझ उनीहरुबीच विशेष गरी सङ्घीयताका विषयमा मिलनविन्दु पहिल्याउनेमा केन्द्रित रहेर छलफल भएको हो । एनेकपा (माओवादी) नेतृत्वको मोर्चाले आइतबारदेखि आन्दोलनको घोषणा गरेको सन्दर्भमा सत्तारुढ दलका नेताहरुले वार्ता र संवादका आधारमा सबै विषयको छिनोफानो हुने भएकाले आन्दोलनको बाटोमा नलाग्न एमाओवादीलाई सुझाव दिएका थिए । छलफलबाट बाहिरिएपछि सङ्क्षिप्त कुरा गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानका अन्तर्वस्तुका साथै सङ्घीयताका विषयमा सहमतिको मिलनबिन्दु पहिल्याउने मुद्दामा केन्द्रित रहेर छलफल भएको बताए । नेपाली काँग्रेस र नेकपा (एमाले)ले प्रस्तुत गरेको सङ्घीयताको प्रस्तावमा अरु दलले विवाद उठाएको, पाँच जिल्लालाई कसरी मिलाउने, प्रदेश कति बनाउने, नाम के राख्ने तथा नाममा कसरी सहमति कायम गर्नेजस्ता विषयमा गहन छलफल भएको जानकारी उनले दिए । उपसभापति पौडेलले भने– संविधान निर्माणको काम समयमा गर्न नसक्दा विकास र समृद्धिका धेरै कार्य गर्न ढिला भइसक्यो, संविधान चाँडै बनाउनुपर्छ, त्यसका लागि सकेसम्म सहमति कायम गर्नुपर्छ, सहमतिका विभिन्न विकल्पका बारेमा अझ विस्तृत रुपमा छलफल गरौँ भन्ने कुरा भयो । एनेकपा (माओवादी)का उपाध्यक्ष नारायण काजी श्रेष्ठले मुलुकलाई फेरी द्वन्द्व र मुठभेडको स्थितिमा जान नदिन नेपाली काँग्रेस र एमालेका नेताहरुलाई आ–आफ्नो दलमा छलफल गरेर सहमति कायम हुने ढङ्गबाट वार्तामा आउन सुझाव दिएको बताए । “सहमतिका लागि सत्तापक्ष जिम्मेवार भएर प्रस्तुत हुनुप¥यो, सहमतिमा संविधान जारी गर्नुप¥यो, होइन भने आन्दोलनको घोषणा गरिसकेका छाँै, अर्काे बाटो तर्फ जानसक्छौँ भनेका छाँै”–छलफलमा आफ्नो दलले अभिव्यक्त गरेका धारणाबारे प्रष्ट पार्दै उनले भने । संविधानका अन्तर्वस्तुमध्ये सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीका विषयमा दलहरुबीच सहमति कायम नहुँदा विगत केही महिनायता संविधान लेखनको काम ओझेलमा परेको छ । अहिले दलहरु संविधानमा देखिएको विवाद छिनोफानो गर्ने विषयमा स्पष्ट रुपमा दुई धारमा उभिएका छन् । सत्तारुढ दल नेपाली काँग्रेस र एमाले संविधानको अन्तरवस्तुमा सहमति हुन नसके प्रक्रियामा गएर टुङ्ग्याउनुपर्छ भन्ने अडानमा छन् भने एमाओवादीको नेतृत्वमा रहेको मोर्चाले सहमति विपरीत सत्तापक्षले बहुमतको दम्भ देखाएर प्रक्रियामा गएर टुङ्ग्याउन खोजे आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ । यद्यपि दुबैपक्षबाट सहमतिका लागि भगिरथ प्रयत्न भने हुँदै आएको छ ।राष्ट्रपति डा रामवरण यादव र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार चीनको दक्षिणी प्रान्त हेनानस्थित बोआओ सहरमा द्विपक्षीय भेटवार्ता भयो । एसियाका लागि बोआओ मञ्चमा भागलिन बोआओ पुगेका राष्ट्रपतिद्वयबीच सम्मेलन केन्द्रमा अपरान्ह आधाघन्टा भेटवार्ता भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए । त्यस अवसरमा राष्ट्रपतिद्वयबीच आपसी हित र चासोका विविध विषयका साथै क्षेत्रीय एवम् अन्तर्राष्टिूय सरोकारका अन्य मुद्दामा विचार आदानप्रदान भएको थियो । नेपालको विकास प्रयासमा चीनले निरन्तर सहयोग गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै राष्ट्रपति यादवले अन्तर्राष्ट्रिय मामिलामा चीनले निर्वाह गरेको सक्रिय भूमिकाको सराहना गरे । राष्ट्रपति डा यादवले जनताका प्रतिनिधिद्वारा गठित संविधानसभा बाट नयाँ संविधान निर्माण गरी मुलुकलाई राजनीतिक स्थायित्वतर्फ उन्मुख गर्नुका साथै विकास निर्माणका काममा अघि बढाउन आफूहरु प्रयासरत रहेको जानकारी आफ्ना समकक्षी सीलाई गराए । राष्ट्रपति सीले चीन र नेपाल निकटका छिमेकीमात्र नभइ एकअर्कामा निर्भर रहेका, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक लाभका निम्ति सधैँ सहकार्यका साथ विकासको पथमा अग्रसर हुन तयार रहेकामा प्रसन्नता व्यक्त गरे । दुवै देशको समृद्धि साझा चासोको विषय भएको भन्दै उनले सुरक्षाका क्षेत्रमा पनि समन्वयात्मक ढङ्गले काम गर्नु लाभदायक हुने बताए । चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशको सन्दर्भ कोट््याउँदै राष्ट्रपति सीले त्यसलाई अझ स्मरणीय बनाउन शृङ्खलाबद्ध समारोह गरिने उल्लेख गर्दै दुवै देशले पूर्वाधार, जलविद्युत्, कृषिको आधुनिकीकरण, विज्ञान तथा प्रविधिका क्षेत्रमा पारस्परिक सहयोग अझ घनिभूत तुल्याउन सकिने बताए । नेपालले अवलम्बन गरेको ‘एक चीन’ नीतिको मुक्तकण्ठले प्रशंसा गर्दै चिनियाँ राष्ट्रपतिले नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिन विगतमा झँै भविष्यमा पनि निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे । कानुन कार्यान्वयन गर्ने दुवै मुलुकका निकायबीच अझ मजबुत सहकार्य एवम् सहयोग हुनुपर्नेमा पनि उनले जोड दिए
Subscribe to:
Post Comments (Atom)
Post a Comment