0
 पोखराको नदिपुर बालमन्दिरमा १ सय ४२ औं नियमित गजल वाचन भएको छ ।  ‘गजल उत्थान हाम्रो अभियान’ भन्ने मूल नाराका गजल सन्ध्याले गजल उत्थान र विकासका लागि नियमित गजल वाचनको श्रृङ्खला गर्दै आएको सन्ध्याले जनाएको छ । कार्यक्रममा कपिल शर्मा, शिव पलाँस, किसान, राजीव रिमाल, सन्दिप गौतम, सुमन लम्साल, कोशिस ओझा, प्राञ्जल, अपवाद, कृष्ण देवकोटा, जनक दुलाल, बलराम पूर्णविराम, राज एमान्तप्रेमी, रामकुमार श्रेष्ठ, अनिल अर्याल लगायतले रचना वाचन गरेका थिए । सन्ध्याका अध्यक्ष उदिपराज ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मोहन भण्डारीले गरेका थिए । गजल सन्ध्या तथा नवनित साहित्य सागरले प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आएको ‘अक्षयात्रा’ साहित्यिक अभियान पर्वतको धाईरिङमा गर्न लागेको बताइएको छ ।

Post a Comment

 
Top