0
नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नम्बर १ र ४ ले स्व. गिरिजा प्रसाद कोइरालाको पाचांै स्मृति दिवसका अवसरमा छुट्टा–छुट्टै कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा बोल्ने कास्की कांग्रेसका नेताहरुले गिरिजाप्रसाद कोइराला लाई समग्र अध्ययन गर्ने हो भने उनी कुनै दलको नभएर राजनेताको रुपमा स्वीकार्न सकिने व्यक्ति भएको बताएका छन् । उनीहरुले नेपाली काँग्रेसका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा हिँड्न सके मुलुकले छिट्टै निकास पाउने समेत बताएका थिए । कास्की क्षेत्र नं. ४ मा आयोजित कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका २००७ सालका क्रान्तिमा संलग्न ९५ बर्षीय क्या.कुल बहादुर गुरुड, रामबहादुर बड्गामी लगायत करिब ४२ जना नेता तथा कार्यकर्तालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद शुक्रराज शर्माले दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा बोल्दैै कांग्रेस नेता शुक्रराज शर्माले लोकतन्त्र स्थापना गर्नका लागि स्व. गिरिजा प्रसाद कोइरालाले खेलेको योगदानको कदर गर्न नसकेका कारण माओवादीले अहिलेको क्षति व्यहोर्नु परिरहेको बताए । संविधान निर्माणमा कांग्रेसले लिएको नीतिमा सबै जातजाति, भाषा, धर्म र संस्कृतिको संरक्षणका साथै अधिकार स्थापित गराउन कृयाशिल रहेको उनले बताए । नेता शर्माले विगतका तिता मिठा कुराहरुलाई भुलेर यो शताब्दिको चुनौतीलाई सामना गर्न सक्ने क्षमता प्रर्दशन गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताए । उनले कुन व्यक्ति कुन समूहको भन्दापनि क्षमतालाई कदर गर्नुपर्ने आवश्यकता समेत औंल्याए । कार्यक्रममा नेपाली महाधिवेशन प्रतिनिधि पोषनाथ शर्माले सबै खालका चुनौतीलाई संस्थागत रुपमा व्यवस्थापन गर्न सक्ने ताकत रहेको दावी गरे । कांग्रेसका जिल्ला सचिव कृष्ण केसीले कांग्रेसले चारैतिर फर्किएर रहेका कम्युनिष्टलाई संगै लिएर जानुपर्ने बाध्यताका कारण संविधान निर्माणमा केही अलमल भएको बताए । अर्का सचिव युवराज कुँवरले योगदान दिएकालाई सम्मान गरिंदा आउने पुस्तालाई उत्साह मिल्ने बताए ।
क्षेत्रीय सभापति आई बहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस कास्कीका नेताहरु खेमराज पौडेल, रामचन्द्र त्रिपाठी, सिकन्दर कुमार गुरुङ्ग, मनोज गुरुङ्ग, देउकाजी गुरुङ्ग, खेम कुमारी गुरुङ्ग,खेमलाल बाँस्तोला, हरि लामिछाने, टंकमान नापित, भिमबहादुर गुरुङ्ग, मोती प्रसाद ढुङ्गाना, क्षेत्रीय सचिव प्रकाश बराल लगायतले लोकतन्त्र स्थापना गर्नका लागि युग पुरुष गिरिजा प्रसाद कोइरालाले निभाएको भूमिकाका बारेमा चर्चा गरेका थिए । उनीहरुले गिरिजाप्रसाद कोइराला जिउँदो हुनु हो त आज संविधान निर्माण कार्य पूरा भई देश आर्थिक विकास तर्फ उन्मुख भइसक्ने बताए ।
यसैगरी स्व. गिरिजा प्रसाद कोइरालाको पाँचौ स्मृति दिवसको सन्दर्भ पारेर नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ देउराली इकाईद्वारा शनिबार देउराली गा.वि.सको हटियामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेस देउराली गाउँ इकाई सभापति टेकनाथ घिमिरेको सभापतित्वमा सम्पन्न प्रशिक्षणमा प्रमुख अतिथि नेपाली काँग्रेसका महासमिति सदस्य पद्म शरण रेग्मीले नेपाली काँग्रेस र कम्युनिष्टबीचको भिन्नता विषयमा र नेपाली काँग्रेस क्षेत्र नं. १ कास्कीका सचिव सुरेन्द्रराज अधिकारीले नेपाली काँग्रेसको इतिहास, नेपाली काँग्रेसको झण्डा तथा संगठन सुदृढीकरण विषयमा प्रशिक्षण दिएका थिए । देउराली गा.वि.स.का ८० बढी प्रशिक्षार्थीहरु सहभागीहरु रहेको उक्त प्रशिक्षण कार्यक्रममा नेपाल महिला संघकी जिल्ला अध्यक्ष कोपिला रानाभाट, नेपाल महिला संघ कास्की क्षेत्र नंं. १ की अध्यक्ष अप्सरा श्रेष्ठ, नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि भविश्वर गुरुङ, नेपाल महिला संघ देउराली इकाईकी अध्यक्ष सुशिला क्षेत्री लगायतका वक्ताहरुले स्व. गिरिजा प्रसाद कोइरालाको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन नेका देउरालीका सचिव रामचन्द्र पौडेलले गरेका थिए ।

Post a Comment

 
Top