विट्रिस काउन्सिल नेपालले लागूऔषध नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्न पोखराको एक निजी विद्यालयलाई ३० हजार रुपँैया सहयोग गरेको छ । पोखराको सिम्पानी स्थित स्पाईरल ग्यालेक्सी उच्च माविलाई त्यस क्षेत्रमा लागूऔषध द्रुव्र्यसनीका विरुद्ध सचेतना जगाउन उक्त रकम प्रदान गरिएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा काउन्सिल का एक्सन डाईरेक्टर सुचित्रा श्रेष्ठ र माईती नेपालका मदनकुमार चौंलागाईले विद्यालयका शिक्षिका सविता शर्मालाई उक्त रकम हस्तान्तरण गरेका हुन् । चार दिन सम्म काठमाण्डौंमा माईती नेपाल र बिट्रिस काउन्सिलले विद्यार्थी र शिक्षिकका लागि लागूऔषध नियन्त्रणका बिषयमा प्रशिक्षण दिएको थियो ।
उक्त रकम सिम्पानी क्षेत्रमा लागु औषध विरुद्धको सचेतना कार्यक्रममा खर्च गरिने विद्यालयका प्राचार्य नारायणप्रसाद चापागाँईले जानकारी दिनुभयो । बैशाखको तेस्रो हप्ताबाट अभियान नै सञ्चालन गरिने प्राचार्य चापागाईले जानकारी दिए ।
तीन महिना भित्र उक्त अभियान सम्पन्न गरिसक्न बिट्रिस काउन्सिलले निर्देशन समेत दिएको छ । कार्यक्रममा शिक्षिका शर्मा सहित विद्यार्थी वरदान आचार्य, सुस्मिता बास्तोला र स्वस्तिका तिमिल्सीना सहभागी भएका थिए । कार्यक्रममा १० जिल्लबाट ३० विद्यालयका १ सय २० जनाको सहभागिता थियो ।

Post a Comment