सुनौलो पव्लिकेशन प्रालिका अध्यक्ष एवं नेपाल पत्रकार महासंका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीलाई शनिबार एक कार्यक्रममा सम्मान गरिएको छ । सिद्धार्थ टोल विकास संस्था पोखरा–४ ले पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा योगदान पु¥याएको र विभिन्न सामाजिक संघसंस्थाका गतिविधिलाई समाजमा प्रवाह गरेको भन्दै सम्मान गरिएको हो । गोल्डेन न्यूज राष्ट्रिय दैनिक र सुनौलो एफएममा आवद्ध पराजुलीलाई संविधानसभा सदस्य शारदा पौडेलले सम्मानपत्र, पोउमनपाका निमित्त कार्यकारी अधिकृत शारदा मोहन काफ्लेले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
यसैगरी टोल विकास संस्थाका अध्यक्ष गोमा कोइराला सुवेदी र निवर्तमान अध्यक्ष पार्वती माकाजूले सम्मानित व्यक्तित्व पराजुलीलाई खादा र पुष्प गुच्छा प्रदान गरेका थिए । कार्यक्रममा स्थानीय सामाजिक व्यक्तित्व स्व. बुद्धिप्रसाद माकाजूको स्मृतिमा स्थापित अक्षयकोषबाट समाजसेवी भिमबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । उनलाई २ हजार पाँचसय नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । यसैगरी उक्त अक्षयकोष स्थापनामा सहयोग गर्ने माकाजूकी श्रीमती देवकुमारी माकाजू र दीपक माकाजूका साथै सुस्त मनस्थिति भएका र अपाङ्ग बालबालिकाको सेवाका लागि स्थापित सेवा केन्द्रका लागि पाँच हजार पाँच रुपैयाँ केन्द्रका संरक्षक रामनारायण श्रेयठलाई प्रदान गरिएको थियो । त्यस अवसरमा संस्थाले गतवर्षको एसएलसी परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने सदस्यका छोराछोरी मध्ये विकेश जोजिजू र रविना गुरुङलाई दण्डपाणि नर्वदा अक्षयकोषबाट नगद सहित सम्मान गरिएको थियो भने काशीनाथ कलावती स्मृति अक्षयकोषबाट नविन उच्च मावि कक्षा २ मा अध्ययनरत विपन्न परिवारकी निरुता घिमिरेलाई पुरस्कृत गरिएको थियो ।
यसैगरी सिद्धार्थ टोल विकास संस्थालाई आर्थिक एवं भौतिक सहयोग गरेका फूलमाया लिगल, थानप्रसाद श्रेष्ठ, राजेश्वरी श्रेष्ठ, ज्ञानेश्वर श्रेष्ठ, शरण लिगल, डा. अशिम सुवेदी, गोमा कोइराला, कमल लामिछाने, निरु थापा, बाबुकाजी लिगल, दिलबहादुर कतिला र भिमबहादुर श्रेष्ठका साथै शान्ति कतिलालाई मायाको चिनो प्रदान गरिएको थियो ।

Post a Comment